पोखरा महानगर भित्र लेखनाथ साना सहरी खानेपानी आयोजना अन्तर्गत बितरण भएको पिउने पानी पिउन अयोग्य रहेको पाहिएको छ ।
उक्त पानी पटक पटक धमिलो आईरहने स्थानियहरु बताउँछन । सम्बन्धित निकायमा गुनासो गर्दा समेत नसुनियको उनिहरुको भनाई छ ।
मासिक बिल मात्र तिर्नु परेको तर पानी प्रयोगहिन रहेको हुँदा स्थानियहरुले सास्ती ब्यहोर्नुपरेको छ ।
पोखरा महानगरपालिका ३२ का लामेआहाल मजुवा गगनगौडा लगायतका ठाउँहरुमा यस्तो पानी आउने गरेको पाहिएको छ ।