नेपाल विद्यार्थी संघ कास्कीले लकडाउनबाट प्रभावित भई हिँडेरै घर फर्कन लागेकाहरूलाई निःशुल्क खाना खुवाउने भएको छ।
नेता पशुपति भट्टराईको नेतृत्वमा कास्की जिल्ला हुँदै घर फर्किन लागेकालाई नेविसंघ कास्कीले पोखरा र लेखनाथ क्षेत्रमा छुट्टा छुट्टै समूह गठन गरी पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाइ सहयोग गर्न लागेको हो ।
‘कास्की जिल्ला हुँदै घर फर्कन लागेका कोही भेटिएमा र सो व्यक्तिलाई खानेकुराको अभाव भएको खण्डमा जोकोहीले पनि हामीलाई टेलिफोनमार्फत अथवा फेसबुकमार्फत बताउन सक्नुहुन्छ,’ नेविसङ्घ कास्कीका नेता प्रताप बानियाँले बताए।नेविसंघले आफ्नो स्थापना दिवस पारेर लकडाऊन अवधिभरका लागि स्वस्थ खाना वितरण गर्न लागेको हो।
यो सहयोगले अलपत्र परेका व्यक्तिहरुलाई थोरै भए पनि राहत मिल्ने नेता भट्टराइले बताए। आवासका लागि भने स्थानीय सरकार, जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलय कास्कीसँग अनुमती लिएरमात्र व्यवस्थापन गरिने भएको छ।
सम्पर्क नम्बरहरु
पोखरा अन्तर्गत: ९८५६०७४४५१ – पशुपति भट्टराई ९८५६००००१८ – नसिब गुरुङ ९८४०६८९९३९ – सञ्जय पौडेल ९८५६०७७१७१ – डिफान भुजेल ९८५६०२९७४१ – असिम सुबेदि ९८१७१९८३०३ – गौरब बराल ९८६७३५९१५३ – बिबेक पराजुलि ९८४६८२३२८५ – शिव बुढाघरे ९८०६६०८५११ – सञ्जय आले ९८१५१४००७९ – सुमित पराजुलि ९८२६१२४८२१ – सुजि मगर ९८६९१४१४६५- सञ्जिता आचार्य ९८१४११५५९० – सबिना तिमिल्सिना ९८५१२७११४७ – निर्दोष बिक्रम पौडेल लेखनाथ अन्तर्गत: ९८२४१८११५३- सुबास भण्डारी ९८१७१६४८३४ – प्रकाश पुन ९८४६८५०२२३ – प्रताप बानियाँ ९८०५८५७०९० – सुमिर जङ्ग गुरुङ ९८५६०१५८२७ – रसिस भण्डारी ९८१६६५३९७७ – प्रबिन ओझा ९८२५१३५७४१-कृष्ण बस्नेत