वालिङ नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष अनन्तराज गैह्रे र जिल्ला समन्वयका समितीका उपप्रमुख दिलिप बगालेबिच हात हालाहाल भएको हो ।

 

झडपमा वडाअध्यक्ष गैरेको हात भाचिएको छ, भने उनलाई उपचारको लागि पोखरा लगिएको छ । घटनाको बिषयमा गैरेले आफू कुटपिटमा परेको बताए भने उनले  वडा प्रहरी कार्यलय वालिङमा उजुरी दर्ता गरेको समेत बताएका छन्  । उनलेे राहत वितरणमा गएको बेला अाफुलाई कुटपिट गरिएको बताए ।

 

यता  जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगाले ले भने  सामान्य धकेला धकेला भएको बताएका छन्  । कालिगण्डकी गाउँपालिका अनुगमनमा गएर फर्कदा बांयटारीको एउटा कटेजमा भेट भएको तर अरु बिषयमा अाँफुलाई कुनै जानकारी नभएको उनले बताए ।

 

जनप्रतिनिधिले पासको दुरुपयोग गरि अनावश्यक चहलपहल गरिरहेको गुनासो आएको बेला जनप्रतिनिधि विचमै कुटाकुट हुनु दुखद पक्ष हो भन्दै घटनाका चौतर्फी अालोचना भएको छ ।
घटना हुदा वालिङ क्षेत्रका केही अन्य नेताहरू समेत होटलमा सहभागी थिए ।