पोखरामहानगर पालिका -३३ आँपु कस्यरीमा पहिलो पटक मणिथान मेला आयोजना गरिएको छ ।
पोखरा ३३ कै सुन्दर गाउँ आँपु कस्यरीमा स्थानिय युवा क्लव, आकुरा युवा क्लवको आयोजनामा मेला गर्न लागिएको हो ।
पर्यटनको भरपुर सम्भावना बोकेको उक्त गाउँमा मेलाका आकर्षकहरुमा गाउँ स्तरीय पुरुष भलिवल प्रतियोगिता, स्थानिय संस्कृती झल्कने सांस्कृतिक कार्यक्रम, थेलो हान्ने प्रतियोगिता साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।
यहि फाल्गुपुर्णिमाको अवसर पारेर मेलाको आयोजना गरिएको हो । मेला फाल्गुन २४ गते देखि २६ गतेसम्म रहने बताईएको छ ।
आँपु कस्यरी साथै मणिथानबारे
हरियाली बन जङ्गल, स्वस्छदा साथै विभिन्न हिमश्रीन्खलाहरुको छाँयामा अवस्थित आँपु कस्यरी निकै नै मनोरम गाउँ हो । यस गाउँमा गुरुङ्ग, मगर, ब्राह्मण, ठकुरी, दमाई, सार्कि लगाएतका जातजातीहरु बसोवास गर्छन । गाउँको मुख्य उत्पादन भनेको धान, मकै, तोरी,कोदो, इत्यादी प्रमुख हुन् । यहाँका युवाहरुले आत्मनिर्भर हुँदै मुख्य पेषाका रुपमा कृषिलाई नै प्रमुख मानेका छन् । साविक भरतपोखरी वर्ड नम्बर १ हाल पोखरा महानगरपालिका ३३ मा पर्ने उत्त गाउँको भौगोलिक रुपमा प्रखर मानिएको छ भने यहाँ सालका जङ्गलहरुले वरिपरि गाउँलाई ढाकेको छ । पुर्बमा ठुलोपाखा, छप्ल्याङ्ग, पश्चिममा, भञ्ज्याङ् मालागिरी, उत्तरमा लागगादी तिक्लाङ्ग, दक्षिणमा पुडिटार गाउँहरु अवस्थित छन् ।
यस गाउँमा पुग्ने चौतर्फी बाटोहरु निर्माण भएका छन् भने पानी, बिजुली र बाटोको पहुँच राम्रो पुगेको हुँदा यहाँ धेरै सम्भावनाहरु रहेको स्थानियहरुले बताउछन् । उक्त गाउँमा विभिन्न चाडपर्बहरुमा पर्व अनुसारको पुजाआजा र मनोरञ्जनात्मक कार्यक्रमहरु गरिन्छन । विशेषगरि दशैमा हालिने चौरले पिङ्ग यहाँको मुख्य मनोरञ्जनात्मक हुने गर्दछ । पिङ्ग खेल्न टाडा टाडा देखि आएका मानिसहरुको घुइँचो लाग्ने गर्दछ । अर्को महत्वोपुर्ण अबलोकन भनेको यहाँ पाइने लालिगुँरास र फाल्गुन पुर्णिामा गरिने मणिथान माईको पुजा नै हो । गाउँको सबैभन्दा उच्च स्थानमा रहेको मणिथान को मन्दिर र त्यहाँबाट देखिने पोखराको हरेक ठाउँ साथै अबलोकन गर्न सकिने लेखनाथका सात तालले गर्दा मणिथान मन्दिर र त्यसको सन्दर्यले पर्यटनको सम्भावना प्रचुर हुने बताइन्छ ।
उत्त गाउँमा एक आधारभुत बिध्यालय छ जुन बिद्यलय २०१८ सालमा स्थापना भएको हो ।
सुचनाय प्रचार प्रसारको कमिले गर्दा आजसम्म लुकेको सौन्दर्यरुपी उत्त गाउँलाई परिचित बनाउने उद्देश्यले स्थानियको जोडबल द्वारा मणिथान मेला राखिएको छ । तनहुँका विभिन्न ठाँउ साथै पोखरा र त्यहाँ देखि अबलोकन गरिने माछापुच्छ्रे , अन्नपूर्ण लागायतका हिमश्रीन्खलले गर्दा मेलाले नौलो शन्देश दिने आयोजकको भनाई छ ।