पोखरा, माघ २९ – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले २५औं जनयुद्द दिवसको पुर्व सन्ध्यामा कास्कीका विभिन्न ठाउँमा मसाल जुलुस निकालेको छ ।
कास्कीको मादी गाउँपालीका, रुपा गाउँपालिका लगायत पोखरा महानगरका विभिन्न ठाउँहरुमा मसाल जुलुस निकालेको हो ।
यसअघि नेकपा कास्कीले विभिन्न ठाउँहरुमा नारासहितको रङ्गिन पोस्टर द्वारा जनतालाई जनयुद्ध दिवसको स्मरण गराईरहेको थियो ।
नेकपाले जनयुद्द दिवस साताब्यापी भब्य रुपले मनाउने जनाएको छ । यसै अन्तर्गत कास्कीमा पनि जनयुद्द दिवस विभिन्न कार्यक्रम गर्दै भब्य रुपमा मनाउने नेकपा कास्कीले जनाएको छ ।