ब्युरो सदस्य भट्टको रिहाइको माग, रिहाई नगरे गिरफ्तारीको जवाफ दिने चेतावनी ( बिज्ञप्ति सहीत )

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गण्डक ब्युरो सदस्य कपिल भट्टलाई पटक पटक गरीएको गिरफ्तारको आपत्ती जनाउँदै नेकपा गण्डकद्वारा रिहाइको माग गरेको छ ।

सरकारले आफ्नो असफलता र संकटलाई ढाकछोप गर्न
निरन्कुश दमन गर्दै गिरफ्तारी निरन्तर गरिराखेको र क्रान्तिकारी माथी दमन, धरकपट, गिरफ्तार र हत्या सम्म गर्ने गरेको भन्दै आफ्नो पार्टीका नेता कपिल भट्टलाई चितवनमा आफ्नो आफन्तको घरमा बसिरहेको बेला अपहरण शैलिमा भएको गिरफ्तारीको भत्सर्ना गर्दै रिहाईगर्न भनेको छ, अन्यथा पार्टीले जस्तोसुकै कदम पनि लिन बाध्य हुने गण्डक ब्युरो इन्चार्ज आस्थाद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सर्बोच्च अदालतको आदेशमा रिहा भएको केही महिनापछि भट्ट शुक्रबार दिउँसो चितवनको भरतपुरबाट गिरफ्तार भएका हुन्।

यसभन्दा अघि पनि ने.क.पा. गोर्खाको तात्कालिन जिल्ला सेक्रेटरीका हैसियतमा गएको बैशाख २२ गते गोरखाबाट गिरफ्तारीमा परेका नेता भट्टलाई प्रहरीले बिभिन्न मुद्दा लगाउंदै कास्की, लमजुङ्ग, तनहुँ, पर्वत, बागलुङ्ग, स्याङ्गजा लगायतका जिल्ला पुर्याएको थियो।  करीब साढे चार महिना प्रहरी हिरासतको बसाइपछि पर्वत पुर्याइएको अवस्थामा गएको असोज ८ गते सर्बोच्च अदालतले निर्दोष साबित गर्दै हिरासतमुक्त भएका थिए ।

बिज्ञप्तिको पुर्ण पाठ :-

प्रतिक्रिया दिनुहोस