नाटकिय प्रतिबन्ध र जनसांस्कृतिक अभियान

एकीकृत जनक्रान्तिको धेरै विशेषता मध्य सबै भन्दा महत्वपुर्ण बिशेषता यो नेपाली धर्तीको नै उपज हो । पछिल्लो चरणमा भएको अान्तरिक सुदृढीकरण यसैको प्रतिबिम्ब हो । नेपाल कम्युनिष्ट पार्टीको मौलिकता यसमा रहन्छ की यो पार्टीले माक्सवाद – लेनिनवाद- र माअोवादको सार्बभौम सिद्धान्तलाई नेपालको बिशिष्टतामा प्रयोग र बिकासमा क्रमश फड्को मारिरहेको छ । मालेमावादको सृजनात्मक प्रयोगको नाममा संसोधनवादी भड्कालोमा फसिएका कम्युनिष्टहरुलाई चुनौती दिंदै राष्ट्र राष्ट्रीयताका साथै नेपाली जनताको अाफ्नै राजनैतिक अधिकार प्राप्तीका लागि फासिवादी केपी सरकारको कथित प्रतिबन्द लाई धुजा धुजा पार्दै अगाडि बढीरहेको छ । नेपाली कम्युनिष्ट अान्दोलनमा देखा परेका प्रतिकुलता र प्रतिक्रान्तिलाई चिर्दै सचेत र सुझबुझका साथ बिकासको अग्रगामी यात्रा तिर लम्किरहेको छ । प्रतिबन्ध केबल निरिहहरुका लागि देखाउने दात भएको छ । बर्तमान फासिबादी निरंकुश शक्तीका बिरुद्द चुनौतीको नयाँ धारको रुपमा स्थापित हुँदै एक जनप्रिय पार्टी हो भन्नेमा कसैको दुईमत देखिदैन जस्ले अाँफु बाहेक कोई होईन ठान्थ्यो टाउको दुखाई उसैको बाहेक कसैको छैन ।

लेखक रणदिप – सेक्रेटरी कालिकोट

अब प्रश्न उठ्छ न्यायपुर्ण अावाजहरुलाई के बन्दुक ले दवाउन सम्भव छ ? के २० अौ शताब्धीतिर बिश्वका शाशकहरुले अपनाएको जनबिरोधी नीति प्रयोग गरेर सम्भव छ ? अँह माक्र्स लेनिन ,माअो गाेन्जालो र जनयुद्दको हुबहु तरिकाले परिबर्तन न अब संभव छ नत हिटलर जाड , च्याङकाईसेक, फुजिमरो र राणा, राजा, काँग्रेसले अपनाएको दमनको तरिकाले बिद्रोहलाई सिध्याउन वा निस्तेज पार्न संभव छ । उहिलेत संभव भएन बर्तमानमा झनै असंभव कुरा हो । यो सपना फासिवादीहरुको सपनामै सिमित हुन्छ । एकीकृत जनक्रान्ती बिश्वमा कही र कसैले प्रयोगमा नल्याएको नितान्तै भिन्न एबं बैज्ञानिक कार्यदिशा हो । यो बिप्लबी दृश्टीकोणको केन्द्रीकरण हो । यो एक अागो हो । सायद यो संग खेल्ने जस्ले दुस्प्रयास गर्छ संभवत: उ अाफै खरानी बन्ने छ । यो क्रान्ती जित्ने संग मात्र सम्वन्धित छैन, जितेको क्रान्तीलाई दृघायु र साम्यवादको यात्रा सुनिश्चित गर्ने २१ अौ शताब्धीको बैज्ञानिक कार्यदिशा हो । तर्सथ यो कार्यदिशालाई नत बन्दुक लाठी र बुटले नत नयाँ गोयबल्स बास्कोटा शैली प्रयोग गरेर नै । यो असत्यलाई बिस्थापित गरेर सत्य स्थापित गर्ने महान बिचार हो । परन्तु कठिन एबं चुनौतिपुर्ण हुनु स्वभाविक छ । यी सबै बुझेर बर्तमान नव संशोधनवादी दलालहरुको गठजोडमा बनेको केपी रामे मण्डले रातारात प्रतिबन्धको लौरी ले तर्साउन बाध्य भएका हुन तथापी पनि यो क्रमश अाफै पन्छिएर जाने वा सडेर जाने मा कुनै दुईमत छैन ।

जनसांगितिक अभियान र कालिकोट 

देशब्यापी रुपमा प्रतिबन्धको सामान्य असर जस्तो देखिएपनी पछिल्लो चरणमा प्रतिबन्ध निष्कृय बन्दै गएको छ । नेकपाका गतिबिधीहरु राजनितिक , संगठनीक र संघर्षमा केन्द्रित हुँदै बढीरहेका छन् । ठिक यही सिलसिलामा पौष १ गते केन्द्रीय सामना कलाकार कालिकोट प्रबेश ग-यो । २ गते कालिकोट भर्तनमा भब्य जनसभाका बिच कलाकार लाई कालिकोटको पार्टी र जनसमुदायले भब्य स्वागत एबं सम्मान ग-यो उक्त कार्यक्रमका केन्द्रिय कलाकार सामनाले धित मर्ने गरि जनवादी प्रस्तुतीहरु मार्फत एकीकृत जनक्रान्तीको बिचार जनतामा सम्प्रेषण ग-यो करिब हजार भन्दा माथी जनसमुदायको उपस्थितीमा अभियानको उद्घाटन गरियो । त्यसपछी हाम्रो यात्रा पुर्बी कालिकोट तिर तय भयो सुकाटिया, मुगणराहा, गेला, अोदानकु हुँदै तिला पारी पाखा, छाप्रे हुँदै फोई सम्मको यात्र निश्चित ग-यौं भने पश्चिम कालिकोटको लालुबाट ब्युरो को कलाकार ले अाफ्नो अभियान सुरु ग-यो । कयौं हिमपहाडहरु छिचोल्दै अगाडि बढेको अभियानले कयौँ भिरपाखाहरु, प्रतिकुल मौसम का बिच उकाली अोरालीहरु जनताले अन्त्यन्तै माया गरेर दिएको सातु र खाजा संगै काटेको विशेष स्मरण योग्य छ । यता लालु बाट माल्कोट रुप्सा कुमालगाउ, कोडबाडा हुँदै रास्कोट प्रबेश गरेको पश्चिम कालिकोटको टिम पनि यसैगरी बढीरहेको थियो । सामनाको समयका हिसाबले अाधा महिना कालिकोट बसाई र १४ वटा कार्यक्रमको तयारीको समयतालिका अनुसार पुर्बिकालिकोटका केही गाबिस छुट्न पुगे । सामनाको पश्चिम प्रबेशकै दिन समय एक महिना थपिएको खबर प्रप्त हुदा मान्मामा एकरात पुरै टोली सदरमुकामै बसी घुमघाम संगै पलाता खिन प्रबेश ग-यौ दुईटा हिमपात ब्यवहोर्नु पर्दा पनि निकै उत्साहित ढंगले धौलागोह नानीकोट हुँदै फुकोट पुग्यो। फुकोटमा दुबै टिमको केन्द्रिकरण भयो युवा , जबस र स्थानिय पार्टी गरेर सयौं को संख्यामा अभियान टिम बन्यो र फुकोट डुग्रिडाँडाँमा भब्य जनसभा पनि सम्पन्न भयो ।

निकै प्रतिकुल मौषममा पनि जनताले छाता अोडेर कार्यक्रमलाई नियाली रहे । त्यसपछी पुन: अभियान टिम सिप्खाना मुम्रमा हुँदै माल्कोट पुग्यो । माल्कोटमा समग्र टिमको दुईदिन समीक्षा भयो । निकै उत्साहा जनक ढंगले टिमलिडर हरुले रिर्पोट राख्नु भयो । यसै क्रममा एकजना टिमलिडर ले ” कालिकोटलाई उत्तर कोरिया जस्तो सानो देश बनाएर पनि सत्ता चलाउन संभव छ ” भनी राखेको कुरा विशेष स्मरणयोग्य छ । त्यसैगरी एकजना कमरेडले देउडा बाटै प्रतिबन्धको ब्याङ्गे गर्दै भन्नू भयो । – प्रतिबन्ध धोती भयो – केपी लोती भयो। एकमहिने सास्कृती यात्रा – जनज्योती भयो । भनेर राख्दा हलपुरै तालीले गुन्जायमान भएको थियो । करिब ४५ वटा जनसभा र ३५/ ३६ हजार जनसमुदायको प्रत्यक्ष उपस्थिती र ६० हजार जनसमुदायमा अभियान पुगृको रिपोर्ट राख्दै सम्पुर्ण टिमले अभियान पुरै सफल भएको सँस्लेषण ग-यो ।

हाम्रो साहित्य र राजनिती कस्का लागि हो अाखिरबर्गका लागि हो भन्ने कुरा अभियान ले स्थापित गर्न सफल भयो ।जनतामा केही असंका , अबिश्वास र चिन्ता रहेको तिनवटै प्रतिक्रिया भेटियो । १० बर्षेजनयुद्दका लिडर समाजवाद हुँदै साम्यवाद ल्याउनका लागि निर्माण गरिएका जनसत्ता जनअदालतहरु जनसेना प्रचण्डपथ हुँदै माअोवाद र चुनावचिन्हहरु समेत एमालेलाई बुझाएको घटना नजिकै थियो सहिदहरुले बगाएको रगतहरुले धोका दिएको शहिदहरुले बगाएको रगत सुकेको छैन जनयुद्द अाजै जस्तो जनताले देखिरहेका छन ।

माअोवादी प्रतिबद्दता भुलेको छैन त्यसैले अबिश्वास र आशन्का गर्नुलाई सकारात्मक रुपमा लिनु पर्छ भन्ने निष्कर्ष रह्यो । छाप्रेको एक सहिद परिवार बुबाले भनेको देउडा समग्र जनबोलिनै हो त्यसैले उल्लेख गरिएकोछ ।

देउडा – प्रचण्ड प्रचण्ड भन्या – एमालेउदा गया।
तमी पन कसिदाछौ – त्यस्तरै नभया ।

भनेर गाएको देउडा विशेष मननयोग्य छ । अाजभोली गाउँ पुरै लुटेराहरु , जड्याहाहरु जुवाडेहरु, ब्यबिचारीहरु भ्रस्टचारीहरु र कमिसनखोरहरुको भएको छ। ईमान्दार हरुसबै चुपचाप छन् । सायद यो माअोवादीले चुनावको बेला दिएको सिंहदरवारको उपहार हो भनी ब्याङ्गे गर्ने हरुको कमी पाईएन । यी तमाम बिषयमा जनतामा सायद पार्टी गठन देखि हालसम्म छलफल गर्न सकिएको थिएन । त्यति ठूलो उपल्बधीमुलक रहयो जनसाँस्कृतीक अभियान । यो अभियानमा थुप्रै राष्ट्रवादी जनहरुको ठूलो साथ रह्यो । अभियान जारी रहदा राष्ट्रघातका सृखलाबद्द घटना र प्रतिरोधस्वरुप पार्टी केन्द्रले अगाडि बढाएका संघर्षका कार्यक्रमहरु सानदार सम्पन्न गरियो । यी सबै काम कारबाहीले कालिकोटको बर्गसंघर्ष नयाँ उचाईमा पुगेको छ । यस्लाई निरन्ता दिनु र प्रभाबित जनसमुदाय लाई सुसंगठित गर्नु अबको चुनौती रहेको छ अभियान अबधीभर पार्टी प्रबेश र w.t भएकाको उचित ब्यबस्थापन गरि पार्टीलाई जनतासंग जोड्न अझै बलियो बनाउन जबसलाई सक्रिय पार्नु र परिचालन गर्नु नितान्तै अाबश्यक छ । यसका लागि सामना साँस्कृतीक परिवार ले जनसंगित मार्फत बस्तुगत स्थितीलाई अनुकुल बनाएको छ ।

प्रतिक्रिया दिनुहोस