भैरहवाबाट चामल लिएर पोखरातर्फ आउदै गरेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक घाइते भएका छन् ।
लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो । दुर्घटनामा चालक शेरबहादुर गुरुङ गम्भीर घाइते भएका छन् ।
दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।