कास्की दूध ब्यवासाय संघले तोक्यो दुग्धजन्य पदार्थको मूल्य, भैंसिको दूध प्रती लिटर १२० हुने ।

पोखरा , माघ १९- बजारमा गाई भैसिलाई खुवाउने दाना, चोकर, पराल आदिको मुल्यमा बृद्दि भएसङ्गै कास्की जिल्ला दूध ब्यवसाय संघले गाई ,भैसीको दूध र दुग्धजन्य पदर्थहरुको मूल्य तोकेको छ ।

किसानहरुले उचित मूल्य नपाएर आफ्नो ब्यवसाय नै छोडेर हिढ्नुपर्ने अवस्था सृजना हुन लागेको भन्दै माघ ४ गते बसेको भेलाले २०७६ फाल्गुन ०१ गतेदेखी लागुहुने गरि मूल्य निर्धारण गरेको हो ।

मूल्य निर्धारण सङ्गै भैसीको दुधको मूल्य प्रतीलिटर १२० रुपैयाँ, गाईको दूध ९० रुपैयाँ , बट्टा दही प्रती लिटर १६० रुपैयाँ, पोका दही प्रती लिटर १३० रुपैयाँ , पनीर प्रती केजी ७२०, नौनी घ्यू प्रती केजी ८५० र घ्यू प्रती लिटर १०५० तय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस