बिज्ञान प्रती नेपालको असफल सोच !

नेपाली आबिस्कारकहरुलाई मार्करबाट माथि उठेर मिसाईल सम्मको यात्रा तय गर्ने इच्छाशक्ति कतिन्जेल नबढाउने ?

नेपालको शैक्षिक क्षेत्रमा २०६० सम्मको ग्राफलाई हेर्दा एउटा छुट्टै ट्रेण्ड थियो । अलिकति राम्रो पढ्न सक्ने वा भनौ एसएलसीमा फस्ट डीभिजन ल्याएर विज्ञान पढेन भने समाजले ऊ प्रति थोरै नै भयपनि असक्षमता को ट्याग लगाइदिहाल्ने,

त्यो ट्रेण्डमा ७० को दशक सम्ममा आउँदा ठुलो छलाङ्ग देखीयो यानकि विज्ञानमा विध्यार्थीको फलो क्रमश घट्यो र अहिले पनि स्नातक सम्म स्थीति ठिकठिकै भएपनि स्नातक पछि बिध्यार्थीले विज्ञानको विकल्प खोजेर डाइभर्जेन्स रेटलाई यसरि बढाइदिएकी नेपाललाई विज्ञान प्रबिधिको क्षेत्रमा अर्को पचास बर्ष पछाडी पार्ने प्राय निश्चित छ ।

नेपाली आबिस्कारकहरुलाई मार्कर बाट माथि उठेर मिसाईल सम्मको यात्रा तय गर्ने इच्छाशक्ति कतिन्जेल नबढाउने ?

नेपालको सन्दर्भमा विज्ञान प्रति आकर्षण घट्नु स्वभाविक रुपमा प्रष्ट छ कि विज्ञान पढेका आम अग्रज हरुको जिवन अन्योलग्रस्त छ । यही कटुसत्य बुझेर होला पछिल्लो समय अस्ट्रेलिया ,जापान लगायतका देशमा अधिकांश भाडा माझ्नेहरु नेपालि प्लस टु वाला विज्ञानधारी विध्यार्थी छन् । विश्वविध्यालयका चरम राजनिती, भागभण्डाका बिरुद्ध न कोहिले दृढ आवाज उठाउन सके न कुनै माइकललालले रोक्ने आँट नै गरे , रोक्छौँ भनेर बनेका संङ्गठन नै रोकीयो भने हाम्रो अस्तीत्व सकिन्छ भन्ने त्रासमा दलाली बन्न बाध्य भए ।

राजनितिक आडमा छिरेका कयौँ प्रध्यापकहरु निसर्त स्थाई हुन पर्ने माग राख्दै बर्षौ सम्म झोलामा काला टाला र ताला बोकेर हिड्छन ,उता बिदेशका नामुक युनिभर्शिटि बाट बिध्याबारीधि गरेर आएकाहरु पार्ट टाइम पनि नपाएर कि उतै फर्कीन्छन् या त भैसीपालन र मौरीपालन सम्ममा रम्न बिवस छन् ।

यस्तो विकराल अबस्थामा दुई तिहाई सरकार समस्या समाधानको सट्टा पाठ्यक्रममा छलाङ्ग मार्ने कोशिस गर्छ त्यो पनि विना बहस , के यस्तो संबेदनशिल क्षेत्रमा राष्ट्रिय बहस आवशक छैन ? शिक्षा क्षेत्र देशको मेरुदण्ड हो अझ विज्ञान त यो सबै चलाउने मस्तीष्क !! सुन्दैछौँ परिमार्जित पाठ्यक्रम अनुसार सामाजिक शिक्षा ,जनसङ्ख्या तथा वाताबरणलाई अनिवार्य बनाउदै छ , ठिकै छ नेपाली भएर जन्मेपछी नेपालको बारेमा जान्नै पर्छ र घोकाउनै पर्छ कि नेपाल सम्भावना बोकेको राष्ट्र हो तर यहाँ पाठ्ययक्रम को डिजाइन यसरी गरीयो कि ऐच्छीक भित्र हुन पर्ने अनिवार्यलाइ समेत ऐच्छीक बनाइदिए उदाहरणका लागी विज्ञान भित्रको बेसीक म्याथ शहिद बन्यो । आखीर कतिन्जेल सम्म घोकाउने ति कलिला मस्तिष्कलाई मुस्ताङमा युरानियम छ , उहि ८३०००, बहुभाषिक , बहुधार्मीक नेपाल भनेर ?
के अझै पनि उदेश्य नराख्ने त्यो युरानियमबाट आणवीक ऊर्जा मार्फत विश्वकै शक्तिशाली राष्ट्र बन्न सक्छ नेपाल भनेर ?
के नेपालि आबिस्कारकारक हरुलाई मार्कर बाट माथि उठेर मिसाइल सम्मको यात्रा तय गर्ने इच्छाशक्ति नबढाउने ?

यि र यस्ता बारम्बार बलत्कृत सवालहरुको खँदिलो उत्तर नपाएर भनौ या भविष्य नदेखेर नै आज विज्ञान प्रविधी प्रति रुचि राख्ने कयौँ युवाहरु बिदेशिन बाध्य छन र नेपालि समाजको यही स्लो मोसन रुपान्तरण ले परिवर्तन सम्भव छैन , तसर्थ सबै तह तप्काबाट एउटा क्वान्टम छलाङको लागी तयारी हुनु नै हामिले हाम्रा उत्तर अधिकारी हरुलाई दिइने एउटा उतकृष्ट उपहार हुन सक्ला ।

विज्ञान प्रति राष्ट्रहरु जति बफादार बने त्यति नै छिटो छलाङ्ग मारे भने जति बेमतलवि बने उति नै उधोगति लागे भन्ने कुरा बुझाउन कुनै अन्तराष्ट्रिय सम्मेलन गरिराख्नु पर्दैन बस् प्रत्येक दिन आउने न्युजका हेडलाइन पढ्दा प्रयाप्त हुन्छ । तसर्थ विज्ञानलाई सम्बन्धीत निकाय सबैले सम्मान गरोस , बिनासर्त विज्ञान र त्यसका विज्ञलाई फिल्डमा उत्रने उचित ऊर्जा मिलाउने हो भने मात्र अहिले बजारमा घन्किएको समृद्धको नारा ले सार पाउने थियो कि ।
जय देश
जय विज्ञान

प्रतिक्रिया दिनुहोस