थोक व्यवसायी संघ कास्कीको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कास्की।थोक व्यवसायी संघ कास्कीले क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा छविलाल गौतम, लेखनाथ पौडेल, लेखनाथ सुवेदी र टिकाराम सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विमोचनमा शुभकामना लेखनाथ पौडेलले शुभकामना व्यक्त गर्दै भने २०८२ साल व्यवसायिक क्षेत्रका लागि त्यति राम्रो हुन नसकेको उल्लेख गर्दै २०८३ साल सुखद हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, पूर्व अध्यक्ष लेखनाथ सुवेदीले क्यालेन्डर निर्माणमा संलग्न सबैलाई धन्यवाद दिँदै विज्ञापनमार्फत सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गरे। वर्तमान अध्यक्ष टिकाराम सुवेदीले क्यालेन्डर कार्यक्रमलाई निरन्तरता दिइएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण कार्यसमितिलाई धन्यवाद दिए।

यसैबीच, उत्कृष्ट विज्ञापन संकलन गर्ने संस्थाका सचिव रुद्रबहादुर बस्नेतलाई सम्मान गरिएको थियो। साथै, संस्थाका प्रेस सल्लाहकार हरि पन्तकी क्यान्सर पीडित श्रीमतीको उपचारका लागि संस्थाले सहयोग स्वरूप रु. २५,००० प्रदान गरेको छ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष उषा तिमिल्सिनाले क्यालेन्डर निर्माणमा जुट्ने संयोजकसहित सम्पूर्ण कार्यसमितिलाई धन्यवाद व्यक्त गरिन। साथै कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्णमा आभार प्रकट गरेकी थिईन।

कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सम्भुनाथ योगीले गरेका थिए भने अध्यक्षता संस्थाकी अध्यक्ष उषा तिमिल्सिनाले गर

प्रतिक्रिया दिनुहोस