कर्णाली–पोखरा सम्पर्क एवम विकास समाजद्वारा क्यालेन्डर विमोचन सम्पन्न

कर्णाली–पोखरा सम्पर्क एवम विकास समाजद्वारा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतले पोखरामा रहेर विभिन्न व्यापार–व्यवसाय गर्दै कर्णाली सम्पर्क एवं विकास समाज स्थापना गरी क्यालेन्डर विमोचन कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए। साथै, उनले पोखरामा व्यवसाय गरे पनि आफ्नो जन्मथलो कर्णालीलाई नबिर्सी फर्किन सबैलाई अनुरोध गरे।

कार्यक्रमका विशेष अतिथि समाजका सल्लाहकार तथा पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष राधिका शाही योगीले कर्णाली सम्पर्क समाजले क्यालेन्डर निर्माण गरी विमोचन गरेकोमा कार्य समितिलाई धन्यवाद व्यक्त गरिन। पाँच जनाबाट सुरु भएको संस्था अहिले बृहत् बन्दै गएकोमा खुशी र आभार हुदै शुभकामना व्यक्त गरिन।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले कर्णाली सम्पर्क समाजले गण्डकी र कर्णालीबीच सुमधुर सम्बन्ध कायम राख्नेमा आफू विश्वस्त रहेको बताए।

विमोचन कार्यक्रममा सल्लाहकारहरू भीम प्रसाद उपाध्याय, राम प्रसाद बुढा र गोविन्दनाथ योगीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।संस्थापक अध्यक्ष सम्भुनाथ योगीको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष जसबहादुर बुढा महेशले क्यालेन्डर निर्माणमा सहयोग गर्ने विज्ञापनदाता, कार्यसमिति, सल्लाहकार, आजीवन सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे।

विमोचन कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष जसबहादुर बुढा महेशले गरेका थिए भने सन्चालन समाजका सचिव खगेन्द्र खत्री‘सुरेन्द्र’ले गरेका थिए।कार्यक्रममा स्वागत मन्तव्य समाजका कोषाध्यक्ष नवराज उपाध्यायले व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस