केपी शर्मा ओली पक्राउ

काठमाण्डौं। पुर्वप्रधामन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्।

केहीबेरअघि उनी भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ परेका हुन्।

प्रहरीले निवासबाटै उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काठमाडौँ लगेको छ।

एमाले अध्यक्षसमेत रहेका ओलीलाई पक्राउ गर्न गुण्डुमा रातभरी प्रहरी तैनाथ थियो। प्रहरीकै गाडीमा ओलीलाई राखेर लगिएको हो।

भदौ २३ र २४ मा जेनजी पस्ताका बालबालीकामाथि तत्कालिन सरकारले गरेको दमनको विषयमा गठित गैरी बहादुर कार्की नेतृत्वको उच्चस्तरिय छानबीन समितिको सिफारिसको आधारमा उनलाई पक्राउ गरिएको हो । जरुरी पक्राउ पुर्जीको आधारमा उनी पक्राउ परेका हुन ।

प्रतिक्रिया दिनुहोस