अंशमुद्दा र कलहले एकल महिलाको विभत्स हत्या, भाञ्जा सहित मोटरसाइकल चालक पक्राउ

पोखरा। पोखराको व्यस्त बजार क्षेत्र नजिकै खुकुरी प्रहार गरी एक ४२ वर्षीया महिलाको हत्या भएको छ । पोखरा–५ मालेपाटन घर भएकी सिर्जना पौडेल केसीको आज बुधबार राती ७ बजे हिडेर घर आउँदैं गर्दा खुकुरी प्रहार गरी हत्या गरिएको हो । मालेपाटनमा घर भएपनि उनी खपौंदीस्थित आफ्नै अर्को घरमा बस्दैं आईरहेकी थिईन् ।

पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आईरहेकी सिर्जना एकल महिला हुन् । प्रहरीका अनुसार, आज राति ७ बजे पौडेल सभागृहचोकबाट सृजनाचोकतर्फ आउँदै गर्दा शिवालय चोकतर्फ जाने गल्लीको कर्नरमा पुग्दा अज्ञात व्यक्तिले टाउकोमा खुकुरी प्रहार गरेको थियो ।

गम्भीर घाइते अवस्थामा उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जिएमसी) पुर्‍याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको थियो।

प्रहरीले अन्तत: हत्यामा आफ्नै भाञ्जा शिशिर केसी संलग्न रहेको निश्कर्ष निकाल्दै पक्राउ गरेको छ । जो पटक–पटक लागुऔषध, अभद्र व्यवहारदेखि चोरीसम्मको अभियोगमा यसअघि नै हिरासतमा परेका थिए ।

खुकुरी प्रहार गरेर भाग्ने भाञ्जालाई प्रहरीले समातेको छ भने मोटरसाइकल चालकको खोजी गरिरहेको छ । प्रहरी अनुसन्धानले विभत्स हत्यापछिका रहस्य पछ्याउँदै गइरहेको छ र जसले अनुसन्धानमै खटिएका प्रहरीलाईसमेत अचम्मित पारिरहेको छ ।

प्रहरीले घटनाबारे थप जानकारी दिन शुक्रबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको कास्कीका एसपी नवीन कार्कीले बताए ।

‘प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरिसकेको छ भने थप अनुसन्धान पनि भइरहेको छ र एकपछि अर्को रहस्य पनि खुल्दै गइरहेको छ,’ एसपी कार्कीले भने, ‘घटनाको अहिलेसम्मको अवस्था पत्रकार सम्मेलनमै जानकारी दिन्छौं ।’

प्रतिक्रिया दिनुहोस