एजेन्सी । इरानका शक्तिशाली सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको इरानी सरकारी सञ्चारमाध्यमले औपचारिक रूपमा पुष्टि गरेका छन्।
यसअघि इरानले खण्डन गरे तापनि अहिले सरकारी टेलिभिजन र समाचार एजेन्सीहरूले नै खामेनी अब नरहेको सार्वजनिक गरेको बीबीसीले खबर लेखेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत खामेनी मारिएको दाबी गरेका थिए ।
बीबीसीका अनुसार इरानी राज्य नियन्त्रित टेलिभिजनका प्रस्तोताले भावुक हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र देशमा ४० दिने राष्ट्रिय शोकको घोषणा गरिएको जानकारी दिएका छन्।