मोदीले रुसी तेल आयात रोक्न सहमति जनाएको ट्रम्पको दाबीलाई भारतले गर्यो खण्डन

काठमाण्डौ। भारतले रुसी तेलको आयात जारी राखेपछि अमेरिकाले दण्डस्वरुप भारतबाट अमेरिका जाने सामानमा २५ प्रतिशत र अमेरिकी सामानमा भारतले उच्च कर लगाएको भन्दै अर्को २५ प्रतिशत करसहित कुल ५० प्रतिशत आयात कर लगाएका छन् । यसका कारण पछिल्ला महिनाहरूमा वासिङ्टन र नयाँ दिल्लीबीच तनाव बढेको छ ।

यसैबीच भारतीय अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको रुसी तेल आयात रोक्न सहमति जनाएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई खण्डन गरेका छन् ।

ट्रम्पले बुधबार पत्रकारहरूसँग कुरा गर्दै मोदीले नयाँदिल्लीले रुसी कच्चा तेल किन्न बन्द गर्ने आश्वासन दिएको बताएका थिए ।ट्रम्पले खरिद प्रक्रियाबाट पछि हट्न केही समय लाग्ने स्वीकार गरे पनि यो संक्रमण चाँडै हुनेमा जोड दिएको थिए ।

तर, बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा भारतीय प्रतिनिधिहरूले यी टिप्पणीहरूमाथि आशंका व्यक्त गरे । भरतीय अधिकारीहरूले ट्रम्पले दाबी गरेको दिन भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच कुनै टेलिफोन वार्ता नभएको उल्लेख गर्दै ट्रम्पको दाबीलाई सिधै खण्डन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस