राष्ट्र र राष्ट्रियता !

जब म मेरो राष्ट्रको नाम जप्छु
मेरो साष्टङ्ग डण्डवत राष्ट्रकै नाममा हुन्छ

जब म मेरा हातबाट नेपाल कोर्छु
श्रद्धाका साथ मेरो आत्मा खुल्छ।

राष्ट्र ..
तिमिलाई म मानचित्रमा लरखराउँदै कोरेको रेखा सोच्दिन
तेरो मेरो भन्दै अंशवण्ड गरेको जमिन सोच्दिन ।

आज, म मेरो देशको रथ हाँक्नेहरु जस्तै भएको छु
केवल आफ्नो भावना वाचनमा मात्र सिमित गरेको छु
खै त मेरो राष्ट्रियता, कहाँ पाउँछु राष्ट्रियता ?

राष्ट्र ..
दया लाग्छ देख्दै वर्तमान तिम्रो कति पिडा दर्द सहन्छौ
कति आफ्नो आँशु लुकाई अरुको सामु हाँसो खोल्छौ,
तिम्रै आँचलमा कति आउँछन तिम्रै दलाल गर्ने हरु
तिम्रै कोखमा कति आउँछ्न तिम्रै व्यापार गर्ने हरु ।

तिम्रो कोरिबाटी गर्न जम्मा गरेका रकम हरु
अनि,
तिम्रै सुन्दरता बढाउन साँचिएका थोक हरु
राता रात हराउँदै छन्  राता रात बेचिँदैछन् ।

मट्टीतेल सकिएका पानसहरु अझै प्रकाश छर्न खोज्दै छन्
जगत चम्काउन सक्ने चहकिला प्रकाशहरु बल्ल मुहार फुकाउँदै छन् ।

राष्ट्रको लगाम हातमा लिनेहरु कति सभ्यतामा उभिएका रहेछन्
सधै समानताको कुरा गर्ने उनिहरु पनि हामी जस्तै साईकल चढ्दै रहेछन्
भनिन्छ, ठुलाले गरेको कुरा सानो ले सिक्छ
तर,
हामिलाई राष्ट्रियताको पाठ सिकाउन पर्नेहरु
राष्ट्रलाई नै घात गर्दै रहेछन्।

राष्ट्रप्रती सकारात्मक भाव कायम गरि
उठ्ने नयाँ आवजहरु
राष्ट्रलाई आफ्नो बलि दिन पछि नपरी
जुट्ने नयाँ शक्तिहरु,
नमेटाउ ती क्रान्तिका सोचहरु,
नपछ्याउ ती हिंसाका माध्यमहरु,
केही गर देशका लागि केही बन देशका लागि ।

नभन के दियो यो मुलुकले
किनकी
तिम्रो पहिचान यसैमा छ
नभन के दिन्छ यो मुलुकले
कुनकी
तिम्रो अस्तित्व यसैमा छ।

नभन के पाउँछौ यो मुलुकबाट, सोच के दिन सक्छौ
नभन के पाउँछौ यो मुलुकबाट, सोच के दिन सक्छौ
तर,
नकरात्मकत्व नदेउ, राष्ट्रियता जगाऊ
नकरात्मकत्व नदेउ, राष्ट्रियता जगाऊ ।

प्रतिक्रिया दिनुहोस