एकीकृत जनक्रान्ति र क्रान्तिकारी सङ्गठन निर्माणको प्रश्न – साबित्रा दुरा

पछिल्लो दुई दशकलाई फर्केर हेर्दा महान् क्रान्ति र प्रतिक्रन्तिको भीषण उतार चढावबाट हामी यो ठाउँमा आइपुगेका छौँ । जनयुद्घका मुख्य नेतृत्व प्रचण्ड र बाबुराममा देखिएको विचलन र धोखाका कारण नेपाली क्रान्ति विजयको सन्निकट पुगेर पनि तुहिने स्थिति बन्यो । पुरानो सत्ता र सेनासँग नहारी पराजय भोग्नु पर्ने तितो यथार्थता नेपाली क्रान्तिले बेहो¥यो । जनयुद्घको कार्यदिशामा थप विकास गर्दै जानु पर्नेमा नेतृत्वमा नै आत्मसमर्पण, वर्गसमन्वय र विसर्जन देखा पर्दा राजतन्त्रको स्थान नयाँ जनवादले होइन दलाल पँुजीवादले लिन पुग्यो । त्याग, समर्पण र बलिदानलाई मूल्यहीन बनाइ सारलाई छाडेर अंशमा रमाउन थालियो । नेतृत्वमा देखापरेको वर्गउत्थान र विश्वासघातले आम जनतामा निराशा र घृणा पैदा भयो । जनतामा परेको निराशालाई आशामा र घृणालाई आक्रोशमा बदल्न नयाँ सङ्कल्पसहित अगाडि बढ्नु पर्ने स्थितिमा हामी आइपुग्यौँ । प्रतिक्रान्तिको जवाफ आलोचना वा उनीहरुसँगको प्रतिस्पर्धाले होइन क्रान्तिले दिनुपर्छ भनेर हामीले क्रान्तिको बाटो आत्मसाथ ग¥यौँ ।“ क्रान्तिकारी सिद्घान्तबिना कुनै क्रान्तिकारी आन्दोलन हुन सक्दैन ।” भन्ने लेनिनको भनाइलाई नेपाली क्रान्तिको मुख्य सर्त बनाई नेपाली विशेषता सहितको कार्यदिशा बनाउनेमा गम्भीर बहस गरियो । पार्टी महासचिव क. विप्लवद्वारा प्रस्तावित एकीकृत जनक्रान्तिको कार्यदिशा नेपाल र नेपाली जनताको भविष्यको फैसला गर्ने वैचारिक मार्गदर्शनको रुपमा अघि सारियो । जसको व्याख्या धेरै कोणबाट गरिसकिएको छ । धेरैले धेरै कोणबाट हाम्रो कार्यदिशामाथि तर्क, बहस गरे । यो माक्र्सवादभन्दा बाहिर छ , न लेनिनको जनविद्रोहसँग मिल्छ न माओको दीर्घकालीन जनयुद्घसँग मिल्छ । यो स्पष्ट छैन, यो सारसंग्रहवादी छ । सत्ता साझेदारीमा जानलाई ल्याइएको हो भनियो । हामीले सैद्घान्तिक र व्यवहारिक दुवै हिसाबले खण्डन गर्दै आयौँ । माक्र्सवादको गुदी (अन्तरवस्तु ) समाउने नाममा सिद्घान्तको विकास नै नचाहने परम्परावादी जडसुत्रीय अनुभववाद वा माक्र्सवादको सृजनशील प्रयोगको नाममा माक्र्सवादको आधारभूत वस्तु त्यागेर दक्षिणपन्थी शंसोधनवादमा जाने दुवै अतिबाट टाढा रही ल्याइएको कार्यदिशा हो एकीकृत जनक्रान्ति । यसले मालेमावादलाई दह्रोसँग समातेको छ । वर्ग सङ्घर्ष, बल प्रयोगको सिद्घान्त र श्रमिक वर्गको अधिनायकत्वको प्रश्नलाई आत्मसाथ गरेको छ । माक्र्स र एङ्गेल्सले कम्युनिष्ट घोषणा पत्रमा युरोपलाई साम्यवादको भूतले सताएको छ भनेर उल्लेख गरेझैँ नेपालका दलाल पँुजीवादीहरुलाई पनि एकीकृत जनक्रान्तिको भूतले सताउँदै लगेको छ । पाँच वर्षको यो अवधिमा दलाल, भ्रष्टचारी, हैरान बन्ने स्थिति बनिरहेको छ । हाम्रो कार्यदिशा सही छ र त दुश्मनहरु आतंकित छन् । ठुलाठुला काण्डमा मुछिएको कम्युनिष्ट नामको सामाजिक दलाल पुँजीवादी सरकारले भविष्यमा आफ्नो अबसान एकीकृत जनक्रान्तिमा देखेर नै हाम्रो पार्टीमाथि प्रतिबन्ध सहित हत्या, हिंसा र दमनमा उत्रिएको छ । सामाजिक दलाल पुँजीवाद कसरी दलाल फाँसीवादी पँुजीवादमा बदलिन्छ भन्ने कुरा महान् योद्घा कुमार लगायतका कमरेडहरुको हत्याले पुष्टि गरिसकेको छ । शंसोधनवादी नेता ख्रुश्चेभको असली अनुयायी र भक्तहरु समान झण्डा र नामबाट माक्र्सवादको खोलभित्रबाट दलाल पँुजीवादको रक्षाकवज कसरी बन्दो रहेछ भन्ने भद्दा नमुना यति खेर नेपालमा देखा परेको छ । तसर्थ यतिबेला हाम्रो पार्टी सुन्दर सम्भावना र भयानक चुनैतीको बीचबाट अघि बढिरहेको छ । हामीसँग सही कार्यदिशा भएर मात्र पुग्दैन यसलाई व्यवहारमा पुष्टी गर्न , पार्टीलाई जुझारु र क्रान्तिकारी पार्टी बनाउन सक्नुपर्छ । दुनियाँको व्याख्या गर्नु ठुलो कुरा होइन मुख्य कुरा बदल्नु हो भन्ने माक्र्सको संश्लेषणमा आठौँ क्रेन्द्रिय महाधिवेशनले बदलिएको वस्तुलाई रक्षा र विकास गर्ने दार्शनिक विषयलाई समेत जोड गरेको छ । क्रान्तिकारी पार्टी, जुझारु नेता , कार्यकर्ताको टिम र श्रमिक जनताको समिश्रणबाट मात्र हामीले सिद्घान्त व्यवहारको तालमेल मिलाउन सक्छौँ । व्यवहारलाई जनताको बीचमा हराभरा बनाउन सक्छौँ ।

क्रान्तिकारी सङ्गठन निर्माणको प्रश्न

“एउटा वर्गको विरुद्ध अर्को वर्गको राजनीतिक सङ्घर्षमा सङ्गठन नै सबभन्दा महत्त्वपूर्ण साधन हो” –एङ्गेल्स
हरेक क्रान्तिकारी आन्दोलनमा सङ्गठन मुख्य भूमिकामा देखा पर्छ । यो क्रान्तिको मुख्य साधन हो । क्रान्तिकारी कार्यदिशा अनुसार सङ्गठनमा नयाँपन आउन नसके पुरै क्रान्ति नै अलमल र भद्दा बन्दछ । तसर्थ पार्टी सङ्गठन जुझारु र क्रान्तिकारी हुनुपर्दछ । यसको मापनको कसी भनेकै व्यवहार हो । क्रान्तिकारी कार्यदिशालाई लागु गर्नु हो । श्रमिक जनताको नेतृत्व गर्नु हो । माक्र्सवाद भनेको समाज विज्ञान हो । विज्ञानले प्रयोगको माग गर्दछ । तसर्थ समग्र सङ्गठनलाई उत्पादनको लागि सङ्घर्ष, वर्ग सङ्घर्ष र वैज्ञानिक प्रयोगमा होम्न सक्नुपर्दछ । कार्यदिशा सही भएर मात्र पनि पुग्दैन, त्यसलाई लागु गर्ने सङ्गठन त्यसका नेता, कार्यकर्ता पनि सही हुनुपर्छ । तब मात्र पर्टीले श्रमिक जनता र राष्ट्रको नेतृत्व गर्न सक्दछ । हाम्रो पार्टीको आठौँ महाधिवेशनले यस विषयलाई अरु जोड दिएको छ । सङ्गठन भन्नाले पार्टी कमिटीलाई मात्र बुझ्नुहुँदैन । पार्टी, सेना, सत्ता, जनवर्गीय सङ्गठन, संयुक्त मोर्चा र विभागहरुको समुच्च रुप नै सङ्गठन हो । यो श्रमिक वर्गको अविभाज्य भाग हो । सङ्गठनलाई बुझ्दा केन्द्रदेखि स्थानीय तहसम्म संरचनागत गठन, पुर्नगठनलाई मात्र बुझिनुहुँदैन । संरचनागत तहको गठनकासाथसाथै पार्टीको वैचारिक, राजनैतिक, आर्थिक, सांस्कृतिक शुद्धीकरण, रुपान्तरण र विकासलाई पनि हेरिनुपर्दछ ।

पार्टी

पार्टी भनेको श्रमिक वर्गको राजनीतिक नेता हो । यो मष्तिस्क हो । यो स्वस्थ्य भए मात्र अन्य अंगहरुलाई ठीक तरिकाले परिचालन गर्न सकिन्छ । क्रान्तिकारी परिस्थितिको जटिल भन्दा जटिल अवस्थामा पनि क्रान्तिको डुङ्गालाई राम्रोसँग खियाउन सक्ने पार्टी बनाउनुपर्छ । मास बेस पार्टी बनाउने नाममा माक्र्सवादको आधारभूत चरित्र गुमाउने, क्याडर वेस बनाउँदा आफैभित्र हराउने पार्टी बनाउनुहुँदैन । पार्टी क्रान्तिको साधन भएकोले यसलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्नुपदर्छ । यसका सकारात्मक, नकारात्मक दुवै पक्षबाट हेर्न सक्नुपर्छ । दक्षिण, मध्य र उग्र प्रवृत्तिहरु पार्टीभित्र विभिन्न कोणमा देखापर्दछन् । पार्टी समाजकै प्रतिबिम्ब भएकाले समाजभित्र देखिने हर समस्याहरु पार्टीमा देखापर्नु स्वभाविक हो । यसलाई निरन्तर प्रशिक्षण, स्कुलिङका माध्यमबाट हटाउँदै जानुपर्दछ । जनसम्बन्ध जननीति लागु गर्न र वर्गसङ्घर्षमा होमिएको जुझारु पार्टी बनाउन हरदम कोसिस हुनुपर्दछ । क्रान्तिकारी पार्टी नेताहरुको पार्टी भएकाले विचारधारात्मक, सङ्गठनात्मक र सङ्घर्षका हरेक मोर्चामा नेतृत्व गर्ने सर्वहारावर्गीय अनुशासन र स्प्रीट भएको पार्टी बनाउनुपदर्छ । सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रुपमा पार्टी रहने भएकाले जनवादी केन्द्रियताको मान्यतामा चल्ने अनुशासित पार्टी बनाउन सक्नुपर्छ ।

दलाल पुँजीवादले देशलाई खोक्रो कंगाल र निकम्मा बनाउँछ । दक्ष र आवश्यक युवा जनशक्तिलाई विचलन र पलायनमा योजनाबद्घ तरिकाले धकेल्छ । हद दर्जाको परनिर्भरता र दलालीकरणमा मुलुकलाई पु¥याउँछ । देशमा नै रहेका युवा शक्तिलाई पनि बेरोजगार र अभाव युक्त बनाइ कुसंकार र कुलतको शिकार बनाउँदै लग्दछ । अगाडि बढ्ने सबै ढोका बन्द गराउँछ । असीमित जनतालाई पीडा, अभाव र छटपटीको भुमरीमा पु¥याउँछ । सीमित (दलाल) वर्गलाई देशको सम्पूर्ण साधन श्रोत केन्द्रित गरी शासनसत्ताा सञ्चालन गर्दछ । उत्पादक शक्ति र उत्पादन सम्बन्धको बेमेललाई अझ फराकिलो बनाउँछ । प्रणाली ९कथकतझ० को कमजोरीलाई व्यक्तिको टाउकोमा मात्र दोष लगाई फेरिएका टाउकाहरुले पालैपालो शासन गर्छ । नेपालको राजनीति इतिहास हेर्दा आजसम्म विभिन्न रुप र रङ्गमा यही तरिकामा दलालहरुले शासन गरिरहेका छन् । इतिहासबाट अहिलेसम्म चल्दै आएको प्रवृत्तिलाई बदलेर नयाँ स्थितिमा देशलाई नयाँ क्रान्तिले पु¥याउन सक्नुपर्दछ । निराशाबाट आशातर्फ, अन्धकारबाट उज्यालोतर्फ, परनिर्भरताबाट आत्मनिर्भरतातर्फ डो¥याउने वैज्ञानिक समाजवादको बाटो देखाउन सक्नुपर्छ । राजनीतिक पार्टी र त्यसका नेताहरुले पटकपटक दिइएका धोका विश्वासघातका कारण हामीमाथि पनि आउने अविश्वासको प्रश्नचिन्हलाई सही राजनीतिक लाइनको माध्यमबाट सजीव व्यवहारमा पुष्टि गर्दै लग्नुपर्छ । सही विचार, सही कार्ययोजना, सही कार्यशैली भएको जुझारु र क्रियाशील पार्टीले मात्र अबको नेतृत्व गर्न सक्छ । यसमा सबै नेता कार्यकर्ताको ध्यान जानुपर्छ ।

सेना

विश्व साम्राज्यवादले उत्पीडित राष्ट्र र जनताहरुका विरुद्घ दमन र उत्पीडन मच्चाइरहेका छन् । यो सबै उसको सैन्य शक्तिको बलमा भएको हो । दलाल पुँजीवादी सत्ताले पनि आफ्नो सुरक्षार्थ सैन्य शक्ति राखेका हुन्छन् । जनताले जब दलालहरुका राष्ट्रघात र जनघातका विरुद्घ धावा बोल्छन् तब ती आवाजलाई दबाउने काम बन्दुकले गर्दछन् । आज नेपालमा पनि यही भइरहेको छ । जब न्यायपूर्ण आवाजलाई अन्यायपूर्ण बन्दुकले दबाउन खोजिन्छ, त्यस बेला जनताले आफ्नो सुरक्षा र प्रतिरोधका लागि सेना निर्माण गर्नु जायज र स्वाभाविक हुन्छ । अन्यायपूर्ण लडाँइमा न्यायपूर्ण लडाँई राजनीतिक सत्तामा मात्र होइन धर्म र संस्कृतिमा पनि जायज हुन्छ । बन्दुकबाट सधैँको लागि छुटकारा पाउने हो भने हामीले अनिवार्य बन्दुक बोक्नुपर्छ । जनताले आफ्नो सत्ता आफ्नो हातमा ल्याउनुछ भने आफ्नो सेना अनिवार्य बनाउनुपर्छ । किनकि पुरानो सत्ता बन्दुकले टिकेको छ ।

 

यो सैद्घान्तिक प्रश्नलाई व्यवहारमा उतार्न भने त्यति सजिलो छैन । एकपटक आम युवाहरुलाई पार्टीभित्र जीवन देखाउन सक्नुपर्छ । आशा जगाउनु सक्नुपर्छ । हरेक क्रान्तिकारी आन्दोलनमा सेना निर्माणको प्रश्न अहम् प्रश्न हो । यो निर्णायक महत्व राख्ने शक्ति हो । एकीकृत सैन्य रणनीतिलाई हिजो कै जनयुद्घको आधारमा मात्र पनि हेरिनुहुँदैन । यसले संघर्षका विविध रुपहरुलाई अपनाउनुपर्छ । संघर्षमा आम नियमहरुको अतिरिक्त नेपालको विशेषताहरुलाई पकड्ने आफ्ना विशेष नियम र मान्यताहरु बनाउनुपर्दछ । यसलाई अतिरञ्जित वा न्युनीकरण दुवैमा जान दिनुहँुदैन । एकीकृत सैन्य कार्यदिशा अनुरुप आम र विशिष्टि, नियमित र अनियमित, जनसङ्घर्ष र टिमबद्घ सङ्घर्ष, सीमित र व्यापक, विज्ञान र प्रविधिको सही प्रयोग र विकासमा राम्रोसँग ध्यान दिनुपर्दछ । नेपाली जनताको विपत्तिको श्रोत दलाल पँुजीवादी सत्ता हो । यो विपत्तिको अन्त्यको लागि न्यायपूर्ण सङ्घर्षको झण्डा उठाउनु गर्वको विषय हो भन्ने कुराको बोध गर्दै विचारबाट लैस गुणात्मक सैन्यशक्ति निर्माण र परिचालनमा विशेष जोड दिनुपर्छ । सैन्यसङ्ख्या, दक्षता, विकास र कुशल व्यवस्थापनले मात्र क्रान्तिका चुनौतीहरुको सामाना गर्दै सम्भावनाका नयाँ ढोका खोल्न सकिन्छ ।

जनवर्गीय सङ्गठन

पार्टीले लिएको राजनीति लाइन, नीति, विचार, योजना जनताको बीचमा पु¥याउन पार्टीबाट मात्र सम्भव हुँदैन । सबै पेशा, व्यावसाय, क्षेत्र, समुदायका आ–आफ्ना मान्यता र दायरा हुन्छन् । जसका कारण उनीहरुलाई पनि सिधैँ पार्टीमा जोडिन अप्ठ्यारो पर्छ । तसर्थ जनता र पार्टी बीचको पुलको काम जनवर्गीय सङ्गठन मार्फत गर्नुपर्छ । जनवर्गीय सङ्गठनले पुलको मात्र होइन जनताका मुद्दाहरुलाई लिएर जनसङ्घर्षको मुख्य काम पनि गर्नुपर्छ । जनसङ्गठन (विद्यार्थी, युवा, महिला, दलित ..) वर्गीय सङ्गठन (सुकुम्बासी, मजदुर, किसान ..) र पेशागत सङ्गठन (शिक्षक, कर्मचारी, प्राध्यापक, पत्रकार..) लाई आ–आफ्नो स्वत्व , दायरा र विशेषता अनुरुप परिचालन गर्नुपर्दछ । पेशागत सङ्गठनले आफ्नो पेशागत मागलाई जनताको मुद्दासँग जोड्नुपर्छ । पेशागत सङ्गठनलाई व्यवस्थित गर्न सके बौद्घिक, सूचना, संचार, सेल्टर र व्यवस्थापनको महत्त्वपूर्ण पाटोमा यी सङ्गठनले भूमिका खेल्न सक्ने देखिन्छ ।

जनवर्गीय सङ्गठनले आफ्नो सङ्गठनलाई आम जनताको बिचमा पु¥याई संगठित गर्ने पार्टी विचार, नीति अनुसार प्रशिक्षित गर्ने, संघर्षका ज्वारभाटाहरु सिर्जना गर्ने गरी अघि पढ्नुपदर्छ । नयाँनयाँ प्रतिभा, क्षमतालाई पार्टीमा जोडनुपर्छ । सङ्गठनमा लाग्ने नेता, कार्यकर्ता उगदष्अि ाष्नगचभ हुने भएकाले इमान्दारिता, क्रियाशिलता र सांगठानिक दक्षता सहित राजनीति सेलीब्रेटीका रुपमा आम जनताको बीचमा आफू र सङ्गठनलाई स्थापित गराउन सक्नुपर्दछ । जनवर्गीय सङ्गठन पार्टी निर्माणको पहिलो भट्टी (कारखाना) भएकोले धेरैभन्दा धेरै जनशक्तिलाई खार्ने र पार्टीमा क्रेन्दित गर्ने गरी आफ्नो सङ्गठनको जमेर नेतृत्व गर्न सक्नुपर्छ । सङ्गठनका मुद्दा र माग उठाउँदै राज्य र सम्बन्धित निकायले पनि काट्न नसक्ने गरी व्यापक तयारी र केन्द्रित सङ्घर्षका रुपमा उठाउन सक्नुपर्छ । सबैलाई केन्द्रित र एकीकृत गर्ने सोच्नुपर्छ । पार्टी र जवसको सम्बन्ध सेती नदीको वहाव जस्तो हुनुपर्छ । पार्टी नदेखिएको सेती र जवस सतहमा देखिएको सेती नदी जस्तो हुनुपर्दछ । जसको वहाव र प्रवाह निरन्तर गतिमा अघि बढोस् ।

क्रान्तिकारी सत्ता र संयुक्त मोर्चाको प्रश्न

हरेक क्रान्तिको आधारभूत प्रश्न राज्यसत्ताको प्रश्न हो । राज्यसत्ताको वृहत परिभाषा र आयाम छ । स्कूलिङ र प्रशिक्षणका माध्यमबाट सत्ताको वर्ग चरित्र र वहुआयामिक पाटा पक्षका विषयमा सङ्गठनमा प्रशिक्षित गर्दै लैजानुपर्छ । केन्द्रिय सत्ता कब्जापछि मात्र सत्ता सञ्चालन प्रधान बनेर आउँछ त्यस अघि यसको आवश्यकता र महत्व छैन भन्नु गलत हुन्छ । क्रान्तिसँगै सत्ता निर्माण र सञ्चालनको प्रश्नलाई सँगसँगै लैजानुपर्दछ । सत्तालाई सङ्घर्ष र सत्ता दुवै साधनको रुपमा अघि बढाउनुपर्दछ । वैज्ञानिक समाजवादी सत्ता कस्तो हुन्छ । श्रमजीवि जनताको सत्ता कि दलालहरुको सत्ता । विकल्पसहित समाजवादी सत्ताको नीति तथा कार्यक्रम सक्नेजति इकाइहरुमा अहिल्यैबाट अभ्यास र प्रशिक्षित गर्दै लैजानुपर्छ । राज्य सत्ताको प्रश्न केन्द्रित प्रश्न भएकोले प्रतिक्रियावादी सत्ताको अवसान जनबलमा आधारित सङ्घर्षको आँधी बेहरी सृष्टि गर्ने गरी जनताका मुद्दाहरु उठाउनुपर्दछ । केन्द्रदेखि तल स्थानीय तहसम्म समानुपातिक र समावेशी प्रतिनिधित्व हुनेगरी जनप्रतिनिधि सभा र जनपरिषद् गठन सञ्चालनमा विशेष जोड गर्नुपर्दछ । स्वाभिमानी, स्वतन्त्र जनपक्षीय व्यक्ति, समुदाय र क्षेत्रलाई समेट्दै जनवादी अभ्यासका आधारमा सत्ता निर्माण र परिचालनलाई अघि बढाउन सक्नुपदर्छ । जनतामा दिनहुँ आइपर्ने अन्याय र उत्पीडनका बारेमा बोल्ने मात्र होइन छिटो र सरल तरिकाबाट न्याय दिने गरी क्रियाशील सत्ता निर्माण गर्दै जनताको विश्वास जित्न सक्नुपदर्छ ।

पार्टीको कार्यदिशा र विचारसँग सहमत हुन नसकेका तर जनताका विधिन्न मुद्दाहरुमा सँगै आवाज उठाउन सक्ने व्यक्ति, समूह र शक्तिहरु पनि समाजमा रहने गर्दछन् । राष्ट्रघाट र जनघातका मुद्दामा खुलेर जान सक्ने स्वतन्त्र व्यक्ति वा समूह जो देशभक्त, लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र गणतन्त्रवादी छन् उनीहरुलाई पनि एकै ठाउँमा ल्याउन र अट्नसक्ने साझामोर्चा मार्फत जनतामा जाने वातावरण बनाउँदै लैजानुपर्छ । क्रान्तिकारी विचारका हिसाबले नजिक रहेका अन्य राजनीतिक पार्टीहरुसँग दीर्घकालीन रुपमा नै सहकार्य गर्ने स्थितिको विकास गर्नुपर्छ । छलफल र सहकार्यलाई फराकिलो बनाउँदै दलाल सत्ताको ज्यादतीका विरुद्घ संघर्षको संयुक्त मोर्चाको ढोका खोल्दै जानुपर्छ । सैद्घान्तिक र व्यावहारिक रुपमा क्रान्तिकारी घ्रुवीकरणको वातावरण समेत बनाउँदै क्रान्तिकारी पार्टी निर्माणमा खुला र स्पष्ट हुनुपर्दछ ।

सङ्गठनमा देखा पर्ने समस्या

हरेक क्रान्तिकारी पार्टीभित्र उज्यालो र अँध्यारो, निराशा र आशा, सकरात्मक र नकारात्मक दुई पक्षबीचको सङ्घर्षले सङ्गठनको जीवन चल्ने गर्दछ । उज्यालो, आशा र सकारात्मक पक्ष सधैँ हावी भएर मात्र क्रान्तिकारी सङ्गठन उत्साहामा अघि बढ्न सक्छ । पार्टी सञ्चालनको प्रक्रियामा परिस्थितिमा आउने उतारचढावसँगै सङ्गठनभित्र विविध खाले समस्याहरु देखापर्छ । टुक्रे उत्पादन सम्बन्धले पैदा हुने निम्नपुँजीवादी चिन्तन प्रवृत्तिका कारण विविध प्रकारका अवसरवाद सङ्गठनभित्र देखिनै रहन्छ । यो प्रवृतिले केन्द्रमा पार्टी क्रान्तिलाई होइन आफूलाई राखेर सोच्दछ । सफलता आफ्नो भागमा र दोषजति अरुको भागमा राख्दछ । लगानी, मेहनत कम परिणाम बढी खोज्दछ । हरेक कामको छिटो परिणामको माग गर्दछ । शीघ्र विजयको मानसिकताको विकास गर्दछ । चाहिनेभन्दा बढी निराशा वा उत्साहित बन्छ । अन्ततः विचलन र निराशामा धकेल्छ । सामजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्धपछि उत्पन्न परिस्थितिका कारण अवसरवादी ट्रेन विभिन्न रुपमा देखिएको छ । जसका कारण आत्मसमर्पण, पलायन र विचलनका केही समस्याहरु माथिदेखि तलसम्म देखिएको छ । क्रान्ति छिटो गर्नुपर्छ ढिला भैसक्यो भनेर सँगै हुँदा बहस गर्ने कमरेडहरुको दलाल पुँजीवादसँगको आत्मसमर्पण र पलायनता हेर्दा क्रान्तिको कभरमा अवसरवाद कसरी लुकेको हुन्छ क्रान्तिकारी पार्टीले बुझ्नसक्नुपर्छ । पलायन हुँदा पनि आफूले नसकेको कुरा स्वीकार नगर्ने बरु आफ्नो स्वार्थ अनुरुप कार्यदिशाको अपव्याख्या गर्दै जाने छद्मभेसी चरित्र देखाप¥यो । पार्टीमा हुँदा कार्यक्षेत्रमा जान प¥यो भन्दा आर्थिक छैन भन्ने कमरेडहरु पलायन पछि आफ्नै खर्चमा सके उडेर नभए गुडेर भएपनि सक्रिय भएको देख्दा अभाव आर्थिकको होइन उनीहरुको क्रान्तिकारी सोच र चिन्तनमा थियो भन्ने बुझिन्छ । स्वास्थ्य समस्याको कारण पछि हटँे भन्ने कमरेडहरु उपचार वा घरमा आराम गरेर बस्नुपर्नेमा अर्को पार्टीमा गएर सक्रिय बन्ने प्रवृति देख्दा विचारको अस्वस्थ्यता मुख्य समस्या थियो भन्ने बुझ्न गाह्रो पर्दैन । क्रान्तिकारी सङ्गठनभित्र बेलाबेलामा देखिने विचलन र पलायनता हामीमा मात्र देखिएको अपवाद होइन । विश्व कम्युनिष्ट आन्दोलनमा देखिने समस्या हुन् । यस्ता अबसरवादी ट्रेनका विरुद्घ बिना सम्झौता सिद्घान्तनिष्ट वहस गर्दै पार्टीबाट यो प्रवृतिलाई खारेज गर्न सक्नुपर्दछ ।

पार्टी प्रतिबन्धित भैसकेपछि सामाजिक दलाल फाँसीवादी के.पि. सरकारले हत्या, हिंसा, दमन, गिरफ्तारी धरपकडको षडयन्त्र देशव्यापी ग¥यो । सयौँ नेताकार्याकर्ता जेल, हिरासतमा हुनुहुन्छ । यो क्रम जारी नै छ । जेल, हिरासत पनि क्रान्ति कै अर्को मोर्चा हो भनेर दृढतापूर्वक उभिने कमरेडहरुको संख्या ठुलो छ । क्रान्तिकारी पार्टीको लागि यो राम्रो पक्ष हो । दृढ र राम्रो पाटो हुँदाहुँदै दुश्मनको कष्टडीमा पर्ने बित्तिकै विचारलाई दाउमा राखेर आत्मसमर्पण गरेर जसरी पनि बाहिर निस्कनुपर्छ भन्ने गलत ट्रेन पनि देखिने गरेको छ । यो राम्रो पक्ष होइन । दुःखकष्ठ र अप्ठ्यारोको अर्को नाम क्रान्तिकारी जीवन भन्ने बुझ्दा बुझ्दै पनि सम्पूर्ण दुःख र समस्या बेहोर्न पार्टीमा म मात्र हो भनेझैँ गरेर आत्मसमर्पण गर्नु पलायनको अर्को अवसरवादी प्रवृत्ति हो । सुख र सजिलोमा मात्र क्रान्तिकारी हुने स्थिति सायदै नहोला । योभन्दा डरलाग्दा अप्ठ्यारा र आँधीबेहेरी क्रान्तिकारी जीवनमा देखापर्छ । त्यसको सामना गर्न मानसिक र भौतिक रुपमा गर्न सक्ने वैचारिक तागतसहित क्रान्तिकारीले आफूलाई उभ्याउन सक्नुपर्छ । समाउन र छुट्याउन आफँै बोक्सी, आफँै धामी दुवैको भूमिकामा सत्ताधारी डबल नेकपाका केही व्यक्तिहरु हाम्रो पार्टी विरुद्घ लागेको तितो यथार्थ हामीले भोगिरहेका छाँै । जेल हिरासतमा पुग्ने, आत्मसमर्पण गराउन खोज्ने, डर, धम्की प्रलोभनका विषयहरु राख्ने, विचार कमजोर भएका कमरेडहरुलाई प्रहार केन्द्रित गर्ने जस्ता घृणित रोलमा सत्ताधारी पार्टी सक्रिय देखिन्छ । विगतको जनयुद्घमा एमालेको रोलमा डबल नेकपा आइपुगेको छ । क्रान्तिकारी धारलाई जुनसुकै विधि र षड्यन्त्रबाट भएपनि निस्तेज बनाउन खोज्ने प्रवृतिलाई बेलैमा चिरेर जान सक्नुपर्दछ ।

शंसोधनवादी र दक्षिणपन्थीलाई डर भनेकै अगाडि बढिरहेको क्रान्तिकारी विचार र पार्टीसँग हुनेगर्छ । हरेक प्रतिक्रियावादी सत्ताको अवशान क्रान्तिकारी आन्दोलनले गर्ने गर्छ । उनीहरुलाई थाहा छ प्रतिक्रान्तिको जवाफ क्रान्ति बाहेक अरुले दिन सक्दैन । त्यसैले क्रान्तिकारी पार्टीलाई सिद्याउन भएभरका हतकण्डाहरु अपनाउँछन् । ती मध्ये पार्टीमा योजनाबद्ध घुसपैठ गराउने, सूचनाहरु लिने, आन्दोलनमा क्षति पु¥याउने जस्ता डर लाग्दा षड्यन्त्र गरिरहेका हुन्छन् । हर क्रान्तिकारी पार्टीको सबभन्दा ठुलो चुनौती हो वैचारिक र भौतिक दुवै हिसाबले पार्टीलाई सिध्याउने गरी पुरानो सत्ताको संयन्त्र क्रियाशिल हुनेगर्छ । संघर्षका अप्ठ्यारा कामहरु पनि गर्ने, नेतृत्वलाई विश्वास दिलाउने, नजिक रहेर सूचना लिने र अन्तत पार्टी विचार, नेतृत्व र योजना समेतलाई सिध्याउने षड्यन्त्र पार्टीमा आउन सक्छ । हरेक तहको नेतृत्वले यसलाई गहिरो गरी अध्ययन गर्नुपर्छ । गोपनियता भङ्ग गर्ने, सूचना चुहावट हुने, घुसपैठ हुन सक्ने सङ्गठनात्मक छिद्रतालाई रोक्ने गरी सङ्गठनात्मक कमाण्ड र परिचालनमा राम्रोसँग ध्यान दिनुपर्छ । विश्वास र शंकाको द्वन्द्वान्तमक सम्बन्धलाई व्यवहारिक हिसावले नै लागु गर्न सक्नुपर्छ । माथिदेखि तलसम्म वैचारिक शुद्घीकरणको सारलाई पकडेर विषालु काँडालाई पन्छाउँदै जानुपर्दछ ।
सङ्गठनभित्र आर्थिक तथा सांगठानिक अराजकताका समस्याहरु पनि देखापर्छन् । आर्थिक श्रोत नदेखाउने, हिसाबकिताब सही तरिकाले नराख्ने, सम्बन्धित कमिटीमा आय व्याय पेश नगर्ने, देखाउनैपरे आम्दानी नबुझाउने, ऋण मात्र बुझाउने, फारोतिनो र मितव्यायी बन्न नसक्ने, अवसर नजुट्दासम्म मात्र इमान्दार बन्ने, क्रान्तिको कभरमा आफ्नो स्वार्थ पुरागर्ने, आर्थिक उठाउन सक्नेहरु मात्र अब्बल हुन् भन्ने गलत संस्कारको विकास हुने प्रवृतिको अन्त गर्न सक्नुपर्छ । सङ्गठनको मामलामा गम्भीर नबन्ने, कार्यक्षेत्रमा खट्न नखोज्ने, सामूहिक जीवनमा अरुचि, एक्लै हिड्न रुचि हुने, पार्टीभन्दा बाहिर सम्पर्क सम्बन्ध बनाउने, भरपर्ने, विश्वास गर्ने, मन मिल्नेहरुको मात्र समूह बनाउने, प्रतिपक्ष मानसिकताको विकास हुने, प्रधानभन्दा सहायक काममा रमाउने, पार्टीको आवश्यकताभन्दा पनि आफ्नो इच्छा अनुसारको कार्यक्षेत्र रोज्न खोज्ने, घर वरपर मात्र रमाउने, सङ्गठनको सही रेकर्ड नराख्ने, सङ्गठनात्मक मामलामा टपरटुइयाँ र सतही बनिदिने, देशैभरिको सूचना लिने र अनावश्यक तथा असम्बन्धित क्षेत्रमा सूचना प्रवाह गर्ने, अध्ययन, लेखन, छलफलभन्दा प्राविधिक पक्षमा बढी ध्यान दिने जस्ता सङ्गठनभित्र लार्पाबाही र अराजकताका समस्याहरु विविध रुपमा देखा पर्ने गर्दछ । पार्टीभित्र देखा पर्ने अन्तरविरोधहरुको समयमा हल नगर्ने, एउटै प्रवृतिको कमजोरीलाई समानरुपले हेरेर समाधान गर्ने कार्य कम हुँदा समस्याहरु झन बल्झिने गर्दछन् । नियत जन्य समस्या हो कि कार्यशैलीगत यसको पहिचान गरी समस्याको निराकरणमा लाग्नुपर्दछ ।

 

सङ्गठनात्मक समस्याको निरुपण

सङ्गठनभित्र देखापर्ने समस्यालाई मालेमावादी दृष्टिकोणको आधारमा हलगर्दै जानुपर्छ । माक्र्सवादको तिन सङ्घटक अंग दर्शन, राजनीति अर्थशास्त्र र वैज्ञानिक समाजवादको सही बुझाइले मात्र क्रान्तिको लक्ष्य र उद्देश्यमा पुग्न सकिन्छ । आदर्शवादका विरुद्घ भौतिकवाद, अघिभूतवादका विरुद्द द्वन्द्ववादलाई सङ्गठनको जीवन व्यावहारमा लागू गर्न सके मात्र पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवाद स्थापनाको बाटो सहज हुँदैजान्छ । तसर्थ सही दृष्टिकोण बनाउनु सङ्गठनको पहिलो अनिवार्य सर्त हो । एकीकृत जनक्रान्तिको कार्यदिशा, पार्टीले लिइएको रणनीति र कार्यनीति, प्रधान अन्तरविरोध, सङ्गठनको नीति, कार्यक्रम, राजनीति लगायतको सैद्घान्तिक विषयमा आधारभूत रुपमा सही र साझा बुझाइले मात्र सङ्गठनले गति लिन सक्छ । कार्यदिशा सही हुनुपर्दछ र सही कार्यदिशालाई सही तरिकाबाट नै बुझ्नुपर्छ । तब मात्र असम्भव र नभएका चिज प्राप्त हुन्छन् । सर्वहारावर्गले जगतको ज्ञान लिनुको उद्देश्य त्यसलाई बदल्नु नै हो । व्यवहारबाट ज्ञान हुँदै फेरि व्यवहारतिर फर्कने प्रक्रिया नै द्वन्द्वात्मक भौतिकवादको सार हो । माक्र्सवादी वैचारिक दृष्टिकोणको आधारमा स्कूल खडा गरी सङ्गठनको वैचारिक धारलाई धारिलो बनाउदै लग्नुपर्छ । जसले सङ्गठन बाहिर र भित्र पर्ने अवसरवाद र शंसोधनवादका विरुद्घ सिद्घान्तनिष्ठ भएर वैचारिक लडाइ लड्न सकोस् ।

सिद्घान्तले जति छिटो जनताको हृदयमा ठाउँ लिन्छ, त्यति नै यो भौतिक शक्ति बन्छ भन्ने माक्र्स र एक पटक अग्रगामी वर्गको सही विचार र आचारण जनसमुदायले ग्रहण गरिसकेपछि त्यो भौतिक शक्तिमा परिणत हुन्छ । त्यसले समाज र विश्व बदल्छ भन्ने माओले जोड गर्नु भएको विषयलाई कुलयोगमा बुझ्ने हो भने श्रमजीवि जनताको भूमिका र महानतालाई सजिलै बुझ्न सकिन्छ । मजदुरहरुसँग सफलताको एउटा तत्त्व छ त्यो हो सङ्ख्या तर सङ्ख्या तब मात्र निर्णायक हुन्छ जब उनीहरु सङ्गठनमा एकताबद्घ हुन्छन् र ज्ञानले उनीहरुको नेतृत्व गर्दछ भनेर माक्र्सले मजदुरहरुकोबीचमा भन्नु भएको यो विचारलाई हाम्रो सन्दर्भमा जोड्न सके मात्र आजको चुनौतिहरुलाई सामना गर्ने सङ्गठन निर्माण गर्न सकिन्छ । यी सबै भनाइको तात्पर्य सङ्गठनको जालोलाई व्यापकरुपमा जनताको बीचमा पु¥याउनु नै हो । संख्यात्मक भीड मात्र जम्मा गर्ने सङ्गठन होइन विचार र ज्ञानले समृद्ध भएको जनताको मन मुटुमा बस्न सक्ने जनतासँग माछा र पानीको सम्बन्ध भएको सङ्गठनको अनिवार्य महत्वलाई बुझ्नुपर्दछ । कुशल सङ्गगठकहरुको टिम बनाई जनताको बिचमा निरन्तर पुग्न सक्नुपर्छ । सङ्गठनमा आउने सैयौँ फुलहरु र प्रतिभाहरुलाई फुल्न दिनुपर्छ । तर सँगसँगै आउने बिसालु झारपातलाई उखेल्दै जानुपदर्छ । सङ्गठनमा देखापर्ने अबसरवाद र कार्यशैलीगत कमजोरीलाई सङ्गठनात्मक विधि पद्धतिमा ल्याई रुपान्तरणको दिशामा लैजान कोसिस गर्नुपर्छ । लेनिनवादी सङ्गठनात्मक मान्यतालाई जनवादी केन्द्रियताको माध्यमबाट एकरुपतामा लागु गर्नुपर्छ । योजनाबद्ध घुसपैठ हुने गलत तत्वहरुलाई सङ्गठनभित्र छिर्न सक्ने छिद्रहरु बन्द हुनेगरी सङ्गठनको बुझाइलाई कंक्रिट गर्ने गरी सङ्गठनात्मक नीति, विधि र योजनामा जानुपर्छ । “द्वन्द्ववादले कुनै पनि चिजलाई आफूभित्र हावी हुन दिँदैन । किनकि आफ्नो सारतत्वमा यो आलोचनात्मक र क्रान्तिकारी छ” भन्ने माक्र्सको यो भनाइलाई सङ्गठनमा सही तरिकाले लागु गर्नुपर्छ । तसर्थ सङ्गठनमा एकाङ्की, अधिभूतवाद होइन द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई लागु गर्न सक्नुपर्छ । माक्र्सवाद लागु गर, शंसोधनवाद होइन । खुल्ला र स्पष्ट होऊ, षड्यन्त्र र छलछाम नगर । एकजुट होऊ, नफुट । भन्ने माओले बनाउनु भएको ३ नियमलाई अनिवार्य रुपमा सङ्गठनमा लागु गर्नुपर्छ । जसले अनुशासित र व्यवस्थित सङ्गठन बनाउँछ । आर्थिक पारदर्शिता, मितव्यायी र संस्थागत प्रणालीलाई सङ्गठनभित्र लागु गर्नुपर्छ । क्रान्तिकारी पार्टी , सङ्गठनभित्र नै भविष्य र जीवन देख्ने वातावरण बनाई नयाँ पुस्ता आउने वातावरण बनाउँदै लैजानुपर्दछ । सङ्गठनभित्र वर्ग पैदा हुने वातवरणको अन्त्य गरिनुपर्छ । जनवाद र समाजवादको अभ्यास सङ्गठनभित्र सबैले महसुस गर्ने गरी लागू गर्नुपर्छ । अध्ययन, छलफललाई व्यावहारसँग जोड्ने गरी जनताबाट अलग नहुने सामूहिकतामा रमाउने सङ्गठन बनाउनुपर्दछ । त्याग, तपस्या, बलिदानको मूल्य मान्यताको संस्कृतिलाई का्रन्तिकारी जीवनमा आइपर्ने जुनसुकै चुनौतिमा पनि सतिसाल भएर उभिन सक्ने समर्पणको नयाँ संस्कार संस्कृति सङ्गठनभित्र स्थापित गर्नुपर्दछ । वर्ग प्रतिको इमान्दारिता, सिद्धान्तप्रति निष्ठा, जनताप्रति अगाध आस्था र विश्वास, जुझारु भावना भएको क्रान्तिकारी र अनुशासित सङ्गठन बनाउन सक्नुपदर्छ ।

विश्व दृष्टिकोणको समस्या समाधान गर्ने सर्वहारा सांस्कृतिक क्रान्तिको मूलमर्मलाई आत्मसाथ गर्दै अबसरवाद र शंसोधनवादको जरा उखेल्ने गरी सङ्गठनात्मक शुद्धीकरणमा जोड गर्नुपर्छ । संख्यात्मक थपघट मात्र शुद्धीकरण मान्ने दृष्टिकोणको अन्त्य गरी वैचारिक, साङ्गठानिक, आर्थिक, सामाजिक, सांस्कृतिक शुद्धीकरणलाई सङ्गठनका सबै तहमा लागू गर्ने गरी नयाँ विधिको विकास गर्नुपर्छ । वैचारिक शक्तिलाई भौतिक शक्तिमा परिणत गर्ने साधन नै सङ्गठन भएकाले सङ्गठन, सङ्गठन फेरि पनि सङ्गठन भन्ने मूल मन्त्र बनाएर सङ्घर्षमा खारिएको सङ्गठन निर्माणमा गम्भीरतापूर्वक लग्नुपर्ने आजको अनिवार्य आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस