प्राचिनकाल देखि आजको गणतन्त्र सम्म नेपाली जनताहरुलाइ सत्तासिन शासकहरुले पटक पटक नयाँ नयाँ नारा दिएर तेही नयाँ नारा भित्र बनाएको भबिश्य खोस्ने काम गर्दै आए । तर आज विश्वसामु नयाँ परिस्थिति सिर्जना भएको छ। मानवसमुदायको रक्षा, आतंकबादको सामना र पर्यावरणको संरक्षण जस्ता युगिन समस्या संग जुधिरहेको बिश्वसमुदाय आज एकलौटी कोरोनाको लपेटामा परेको छ। जसले विश्व मानव समुदाय माथि नै ठुलो चुनौती थुपारेको छ, भने आज सम्मका ज्ञान, बिज्ञान,दर्शन र विश्व स्वस्थ्यप्रणाली माथि नै गम्भीर प्रस्न खडा गरेको छ। जसका कारण विश्वको मस्तिस्क नै हल्लीरहेको छ।
आज हाम्रो मुलुक एक हैन कोरोना महाब्याधि, भारतीय साम्राज्यवादि हस्तक्षेप र घरेलु दलाल र भ्रस्टहरुको शोषण र दमन र आतंक को एकमुष्ठ सामना गरिरहेको छ । मानवीय समवेदनाको यस घडीमा भारतीय साम्राज्यबादले सिमा अतिक्रमण गर्नु निकै निन्दनीय बिषय हो। हाम्रो पुर्खाले रगत र पसिना बगाएर मुलुक रक्षा संगै बहादुर भनेर जसरि बिश्व सामु चीनाए। अंग्रेज संग लड्दा होस् या प्रथम र दोर्सो बिश्वयुद्व मा देखाएको बहादुरी होस् त्यसको आज पनि प्रशंसा हुन्छ। तर आज भने भ्रस्ट नेता र नालायक सरकार का कारण लज्जित हुनु परेको छ। आज मुलुक दलाली , भ्रस्टचार, कालोबजारी, लुट, खसोट, हत्या, हिंशा, बलत्कार, महंगी को रसातल मा चुर्लुम डुबेको छ।
कथित कमाउनिस्टको सरकार सुखी नेपाली र समृद् नेपालको नारा लगाउँछ। संबिधानमा समाजबाद उन्मुख भनेका छन् तर व्याबहार मा सरकार फासिवाद तिर लम्किरहेको छ। यहाँ सरकारका झोले र अन्धभक्त बाहेक अरुलाई बोल्न मनाही छ। सडक मा लिपुलेख हाम्रो हो भन्न मिल्दैन सरकार दमन गरिहाल्छ। २०११ साल सुस्ताको नरशाही क्षेत्र बाट हाम्रो भुमि अतिक्रमण सुरु गरेको भारत ले आज झन्डै ७० हजार हेक्टर जमिन अतिक्रमण गएको छ। आज नेपाल सरकारले कालापानी, लिपुलेख र लिम्प्पियाधुरा सहितको भुमि समेटेर नयाँ नक्सा जारी गर्नु एकहद सम्म उपलब्धि मान्न सकीएला तर मुख्य कुरा कार्यन्वयन को हो। के कार्यन्वयन होला ? नक्सा जारी गर्नु पछाडी को कारण एमसीसी संग जोडीएको सहजै अनुमान गर्न सकिन्छ। किनकि कोरोनाका कारण जनताको अस्तव्यस्त दैनिकी र जनजीवनलाई सरकारले हल र उचित व्यस्थापन गर्न नसक्नु त्यसै माथि भारतीय साम्राज्यवाद ले नेपाली भुमिमा भूमिगत शैलीमा सडक बनाए पछि रास्ट्रिय भावाना ले ओतप्रोत र आक्रोसित जनतालाइ नक्साले थामथुम पारेर एमसीसी पास गर्ने ठुलो योजना देखिन्छ।
मुलुक भारतीय साम्राज्यबादि अतिक्रमण र हेपाहा प्ररबृत्तिको मुक्ति चाहन्छ। सरकार साम्राज्यबादको मालिक को पनि मालिक एमसीसी लाइ संसद बाट नै प्रवेस गराउन चाहान्छ । जसका कारण हाम्रो भुमि विदेशि शक्तिराष्ट्र को क्रिडास्थल बन्ने पक्का छ। यसमा कुनै सन्देह छइन। सम्पूर्ण देशभक्त नागरिकहरु सचेत हुन जरुरि छ। हामी आफ्नो माटोको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहनु पछ। एक सावभौम र स्वतन्त्र मुलुक माथिको बैदेसिक हस्तक्षॆप हामी लाइ कदापी स्वीकार्य छैन । किनकि हामी एक्काइसौ शताब्दी का सचेत र स्वतन्त्र नागरिक हौ।
हामी आत्मसम्मान चाहान्छौ। कसैको दासत्व र पराधीन जीवन हामी लाइ स्वीकार्य छैन। आज बन्दाबंदीको यो अवस्थामा जनताहरु कसरि जीवन धान्य कसरि छाक टार्ने भन्ने पिरमा बसेका छन् भने सरकार जनतालाइ उचित राहत र व्यबस्थापन गर्न त कता हो कता उल्टै आफ्नो कुर्सि जोगाउन संसद खरिद बिक्रि मा लाग्छ। जनताको जीवनसंग कुनै सरोकार नराख्ने अध्यादेश जारी गर्छ। निजि स्कुल र आस्पतालहरु सरकारीकरण हुनु परछ भनेर बहस चलिरहेको यस समयमा सरकार भने निसुल्क स्वास्थ्या र शिक्षा कता हो कता उल्टै कोरोना परिक्षन गर्न पन्ध्र हजार शुल्क तोकछ। निजि अस्पताल लाइ जनता लुट्न निर्देसन दिन्छ। लाग्छ सरकारको व्याबहार बाट जनताको जीवन संग सरकारले कुनै सरोकार नै राख्दैन तर भासन मा भने जनता को लागि गर्न केहि बाकि छैन जस्तो गर्छ। नेता को भासन ले जनता को भोको पेट भरिदैन।
अहिलेको सरकार संग त्यस्तो कुनै नीति नै छैन। जुन नीति ले जनस्तर मा जनता को जिबन बदलिवस र जनताहरु ले सुख को सास फेरुन। स्वास्थ्या र शिक्षा लाइ संबिधानमा मौलिक हकको रुपमा व्याख्या गरीए पनि तर यहा सत्तासिन सासकहरुकै सनरक्षन मा स्वास्थ्य र शिक्षामा दलालहरु ले ठुलो लुट को धन्धा चलाइरहेका छन। मुलुक मा एउटा उधोग सम्म छैन। भएकै उधोग समेत बेचेर खाएय दलालहरु ले जसको परिणम बिकासको मेरुदण्ड र मुलुकको भबिश्य युबाहरु आज सामान्या आफ्नो दैनिकी धान्न खाडी मुलुकमा श्रम बेच्न्नु परेको छ।
आज स्वास्थ्य र शिक्षा क्षेत्र माफियाकरण, दलालिकरण र व्यापारीकरण ले आक्रान्त बनेको छ। नया पुस्ता ले यो सरकार बाट के आशा गर्ने ? जसले नेपालमा गणतन्त्र आउनु बयेलगाडा चढेर अमेरिका पुग्नु हो भन्थे जसले महाकाली बेचे तिनै आज गणतन्त्र नेपालको कार्यकारी प्रमुख छन्। अनि के यिनी बाट जनता ले सुख र देशले दिगोशान्ति पाउला त ? मुलुकमा देखियका समस्या र वैदेसिक हस्तक्षेपका विरुद्ध दिर्घकालिन हल खोज्न ढिलो भैसकेको छ। जुन देशका नौजवान युबा हरुले नया सपना देख्दैनन नया आशा गर्दैनन् र एउटा नया लक्ष्य बोक्दैनन आफ्नो मुक्ति र देश को स्वतन्त्रा को लागि एउटा नया संकल्प गर्दैंन।
त्यो देश ले नयाँ जीवन पाउदैन। आज हाम्रो देश येस्तै मा फसेको छ। अब नया पुस्ताले वर्तमान राज्य व्यबस्थ्याको विकल्प खोज्न र रास्ट्रीय स्वाधिनता को लडाई लड्न एकदम आवश्यक छ। त्यसको लागि हामी तयार रहनु पछ । सरकारले तत्काल नेकपा माथि लगाएको प्रतिबन्ध खारेज गरोस र सब एकजुट भएर बैदेसिक हस्तक्षेप का विरुद्ध एक भयर लड्न आबश्यक छ। यदि आज त्यो आट गर्न सकेनौ भने वैदेसिक हस्तक्षेप ले निरन्तरता पाउने छ जसकारण हामी संगसंगै आउने पुस्ता ले समेत दुख पाउने । छ भने इतिहासले हामीलाई कदापी माफी दिने छैन। अब नया पुस्ता देशको मुक्तिदाता बनेर उदाउन जरुरि छ। त्यसैले आउनुहोस बैज्ञानिक समाजबादको आलोकमा एकीकृत जनक्रान्ति झन्डा बिहानीको उसाकिरणको क्षितिज संगै जगमगाहीरहेको छ। यसलाई बिजयको सगमाथाको चुचुरोमा फराउ र मुक्ति को त्यो चम्किलो प्रकासपुञ्ज लाइ पछयाउदै आगाडी बढौ।
लेखक अखिल क्रान्तिकारीका विद्यार्थी नेता हुनुहुन्छ।