लन्डन । पोखरा घर भइ बेलायतमा बस्तै आएकी एक महिलाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ ।
लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी उनको कोरोना संक्रमणका कारण शनिवार निधन भएको बताइएको छ ।
ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी घले शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पताल भर्ना भएकी थिइन् ।
अस्पताल पुर्याएको केहि घण्टामा घलेको निधन भएको थियो । घलेको कोभिड-१९ संक्रमण परीक्षण जाँच गर्ने क्रममा अस्पतालले उनमा संक्रमण पुष्टी गरेको थियो ।
उनमा संक्रमण पुष्टी भएसँगै उनका श्रीमान, छोरा र परिवार सवै आइसोलेसनमा रहेका छन् । एजेन्सी