गाउँमा पत्तै छैन “लक डाउन” गाउँका नागरीक धेरै खेतिपाती र ज्याला मजदुरिमै ब्यस्त !

पोखरा – बिश्वब्यापी फैलिएको कोरना भाइरसका कारण नेपालमा पनि त्यसको सन्क्रमित बढन सक्ने भन्दै पुर्व तयारी र रोकथामका लागी सरकारले लक डाउन गरेको छ । लकडाउन सम्बन्धी धेरैले नबुझेकै कारण पहिलो दिन सडकमा धेरै सवारी साधन र नागरिकहरु आवात जावत गरिरहेका थिए । भने आज दोस्रो दिन त्यसमा धेरै कमि रहेको पाहिएको छ ।

अत्यावश्यक बाहेकका सबै बन्द बन्दी गरीरहेको अवस्थामा शहरमा त्यसको प्रभाव देखिएपनि गाउँमा स्थिती सामान्य देखियो । गाउँमा खेती किसानीहरु मेलापात साथै ज्याला मजदुरी गरीरहेको पाहिएको छ । कोरना भाईरस र राज्यले गरेको लक डाउन सम्बन्धी सोध्दा गाउँका नागरिकहरु आफुलाई पत्तै नभएको बताए भने उनिहरु सामान्य रुपमा नै काम गरिरहेको बताएका थिए ।
यस्तै पोखरा महानगर पालिका ३२ लामेआहाल नयाँ बस्तीको सेती खोलामा मजदुरहरु दिनहु जस्तो मजदुरी गरिरहेको समेत देखिएको थियो । काम नगरी खान नपाइने भन्दै उनिहरुले ज्यालादारि गरिरहेको बताएका थिए ।

नेपालमा हालसम्म तीन जनामा कोरना पोजेटिभ देखिएको बताइएको छ । एक जनाको रिकोभरी पश्चात् घर पठाइएको र दुई जनाको उपचार भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस