बिद्रोही नेकपा माथीको प्रतिबन्ध को प्रतिवाद

नेकपा माथी प्रतिबन्ध लगायको आज एक बर्ष भएको छ । नेपाल लगायत अन्य मुलुकहरूमा कुनै पनि राजनैतिक दल माथि प्रतिबन्ध लगायको थुप्रै इतिहास छन् । सिङगो र स्वाधीन कोरिया माथी जापानीज साम्राज्यवादले प्रतिबन्ध लगायर उत्तर कोरिया र दक्षिण कोरिया गरि दुई भागमा बिभाजन गर्‍यो । उत्तर कोरियालि जनता आफ्नो स्वाधीनता र स्वतन्त्रताको लागि निरन्तर लड्दै आफ्नै विशेषताको समाजवाद लिएर विश्वलाई चुनौती दिरहेको छ भने दक्षिण कोरियामा अमेरिकी साम्राज्यवादको दलाल सरकार बनेको कारण बिभाजन हुने समयको भन्दा पनि तलको स्थिति छ।

नेपालको सन्दर्भमा कम्युनिष्ट पार्टी स्थापना भयको दुई बर्ष (२००८) पुग्दा गतिविधि तीब्र रुप लिएको थियोे । २००८ माग १० गते राजा, राणा र कांग्रेस बिचको सम्झौताको बिरोध गरेको कारण पहिलो पटक कांग्रेस सरकारले नेकपा माथि प्रतिबन्ध लगायो ।

प्रतिबन्ध लगायको ठिक ९ बर्ष पछि राजा महेन्द्रले २०१७ पुष २२ गते कांग्रेस सहित सबै दलहरु माथि प्रतिबन्ध लगाए। समय बित्दै जादा २०४६ को जनआन्दोलन पछि राजाको अधिकार कटौती र पाटीहरु खुल्ला हुँदै सरकारमा पुग्ने अवसर प्राप्त गरे । एक बेलाको प्रतिबन्धित पार्टीको सरकारले तत्कालीन नेकपा (माओवादी)लाई प्रतिबन्ध मात्र होईन, संकटकाल लगाउदै नागरिकहरुको हत्या तीब्र बनाएको शेर बहादुर देउवा सरकार विघटन गर्दै २०५८ जेठ १९ गते पछि दलहरूमा प्रतिबन्ध लगाउनुको साथै नेताहरूलाई नजर बन्द गर्‍यो ।

माओवादी सहित अन्य प्रतिबन्धित पार्टी मिलेर २०६२/०६३ को जनआन्दोलन गरेपछि राजा ज्ञानेन्द्रको बास नागार्जुन तिर सारिए संगै हजारौं छोटे राजाहरू जन्मेका छन् । ७० बर्षको इतिहासमा प्रतिबन्ध लाद्ने शासकहरु कुनै बेला प्रतिबन्धित थिए र प्रतिबन्धले उनीहरुको चिहान खन्न सुरु गरेसंगै परिवर्तन गर्वधारण गर्छ। नेकपा माथिको प्रतिबन्ध पनि त्यस्तै भैरहेको छ।

प्रतिबन्धको एक बर्षमा सरकारको क्षति र नेकपाको उपलब्धि बारे छोटकरीमा चर्चा गर्ने कोसिस गरिएको छ ।

सरकार र न्यायलय बीच विवाद

राजनैतिक दल माथी प्रतिबन्ध लगाउनु संविधानको खिल्ली उडाउनुको साथै देशलाई युद्धमा जबर्जस्त धकेल्नु हो भनेर बुद्धिजीवी, प्रोफेसर, पत्रकार, बिश्लेषक, वकिल, अधिवक्ता लगायत आमनागरिकहरुले सुरुदेखि नै बिरोध गर्दै आएका छन् । राज्यले आस्था र बिचार फरक राखेकै कारण नेताकार्यकर्ताहरुको कुटपिट, झुठा मुद्दा लगाउने, गिरफ्तार र हत्या गर्ने जस्ता घृणित कार्य गरिरहेको छ । एउटै व्यत्तिलाई अदालतले केही कसुर नभेटेपछि ६/७ चोटि रिहाई आदेश गर्छ । गेटबाट फेरि बादल प्रशासनले गिरफ्तार गरिरहेको छ ।

२०७६ फागुन ५ गते भिम प्रशादआचार्य लगायत ४ जना नेताहरुलाई सर्बोच्च अदालतले पछिल्लो पटक रिहाई गर्ने आदेश गर्‍यो तर पुनः गेटबाट गिरफ्तार गरेकोले ०७६ फागुन १६ गते प्रहरी माहानिरिक्षक ठाकुर ज्ञवाली सहित ४ जना अधिकारी विरुद्ध सर्बोच्च अदालतको अपहेलना तथा मानहानीको मुद्दा दर्ता भएको छ। यसले के स्पष्ट गर्छ भने स्वतन्त्र न्यायलयलाई ठाडो हस्तक्षेप गरिएको छ भने न्यायलय आफ्नो कर्तव्य र जिम्मेवारी प्रति बफादार छ।

एक महिनामा सखाप पार्ने सरकारी सपना असफल

१० बर्षे जनयुद्ध सुरु गर्दा एक महिनामा सखाप पार्ने तत्कालीन सरकारको घोषणा तिन महिना पुग्दा कुन स्तरमा बिकास भएको थियो, सबैलाई सर्वबिधितै छ। सामाजिक दलाल फासिवादी सरकारले वास्तविक कम्युनिष्ट पार्टी माथी प्रतिबन्ध लगाउदै एक महिना भित्र (२०७५ चैत्र ३०) सखाप पारी सक्ने घोषणा गरेको थियोे ।

पार्टी सदस्य देखि महासचिब सम्मको घर खानतलासी, झुठा मुद्दा टास, गिरफ्तार र हत्यागर्ने कार्य जति दिन प्रति दिन बढिरहेको छ, त्यति सुभ चिन्तक, पार्टी सदस्य, पुर्णकालिन कार्यकर्ता गएका छन् भने प्रतिबन्धका प्रतिरोधहरु बढिरहेका छन। बन्दुकद्वारा जनताका बिचार, आस्था, सत्य र न्यायिक आवाजलाई सखाप पार्न दुनियाँमा कहिँ सम्भब छैन । यहाँ पनि त्यस्तै भएको छ। दिवा सपना सिसा झैँ चक्नाचुर भएको छ।

संसदीय व्यवस्था प्रति घृणा जगायो

नेपाल आमालाई रन्डी भन्ने र देश बिभाजन गर्न खोज्ने सिके रावतलाई उच्च सम्मानसहित रिहाई गर्दै बिप्लब नेकपालाई प्रतिबन्ध लगाउनु, हत्या हिम्सा बलात्कार बढिरहनु, पार्टी भित्रका नेताहरू फसाईनु, दैनिक उपभोग्य बस्तुहरुको मुल्य वृद्धि हुनु, एनसेल जस्ता ठुला कम्पनीलाई कर मिनाहा गर्ने तर सानासाना खुद्रा व्यापारीहरुबाट दोहोरो कर लिनु, भारतीय हस्तक्षेप विरुद्ध एक सब्द नबोल्नु, र बेरोजगारी बढनुको एउटै कारण संसदीय व्यवस्था भन्ने आमजनताले बुझे पछि यो सरकार र व्यवस्था प्रती नै घृणा पैदा भएको छ।

बिदेशी मालिकहरुको एजेण्टको रुपमा परिणत

बास्तबिक कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगायर कम्युनिष्ट पार्टी बिरोधि अमेरिका, भारत जस्ता मुलुकहरुको सक्कली दलाल बन्न खोजेको कुरा एमसीसी र भारतीय सिमा हस्तक्षेपको विरुद्ध आफुले कुनै बोलेन तर नेकपाले गरेको शान्तिपुर्ण कार्यक्रममा हस्तक्षेप गर्दै नेताकार्यकर्ताहरु गिरफ्तार गर्नुले प्रमाणिात गरेको छ।

कम्युनिष्टलाई देख्नै नसक्ने ट्र्म्प शासनले नेपालको कम्युनिष्ट नामधारी सरकारको बारेमा मौन बस्नु तर हाम्रो पार्टीलाई घरेलु आतंकवाद परिभाषित गर्नुले सरकारि कम्युनिष्टलाई कम्युनिस्ट मानेको छैन र आफ्नो दलाल बनाएको छ भने हाम्रो पार्टीलाई वास्तविक कम्युनिष्ट चिनेको छ र चुनौतीको रूपमा लिएको छ।

बैकल्पिक शक्तिको रुपमा स्थापित

प्रतिबन्धको एक बर्ष पारगर्दा पार्टी बैकल्पिक शक्तिको रुपमा उदाएको छ। एउटि महिला बलात्कृत हुँदा सम्झने पार्टी, मजदुर ठ्गिदा सम्झने पार्टी, सुकुम्वासी बस्तीमा डोजर लाइदा सम्झने पार्टी, श्रम शोषण गरिदा सम्झने पार्टी, क्षमता योग्यता हुदाहुँदै पनि वेरोजगार बनाइदा सम्झने पार्टी, बिदेशमा शरीर वेचिइदा सम्झने पार्टी, कर आतंक मच्चाइदा सम्झने पार्टी, बालुवाटारको जग्गा सरकारबाटै चोरीदा सम्झने पार्टी, सरकारमा बसेर करोडौं भ्रष्टाचार गरेको देख्दा समझने पार्टी, एमसिसि जस्ता घातक सन्धि सम्झौता गरिदा सम्झने पार्टी, बिदेशीहरुले हाम्रो सिमा मिच्दा सम्झने पार्टीको रुपमा बिकास भएको छ। ब्यक्ति, समाज, संस्था र समग्र राष्ट्रलाई समस्या पर्दा समाधान गर्न सक्ने पार्टीको रुपमा सबैको मन मनमा बस्न सफल भएको छ।

बलिदानी भाबको बिकास

समाज बिकासको क्रममा पुर्खाहरुले गरेको बलिदानलाई पच्छाउदै वर्तमान परिस्थितिले माग गरेसगै नेताकार्यकर्ताहरु सुख-शयलको जिबन त्याग्न तयार भए ।

भुमिगत जिबन बिताउन, व्यक्तिगत इच्छा चाहाना नियन्त्रण गर्न, जेल हिरासतमा यातना भोग्न र आवश्यक परेमा बलिदान गर्न सम्म तयार भए । जेलको हिरासतमा उच्च मनोबलका साथ हजारौंले संघर्ष गर्नु, घाइते हुदा पनि नझुकी जेल बस्नु आत्मबलको बिकास गर्नु हो ।

प्रज्जल शाही, महान, नीरकुमारको सहादतले देशकालागी बलिदानि भाबको बिकास भइरहेको छ ।

संख्यामा वृद्धि

केही समय प्रचण्डहरुको राजनैतिक बैचारिक बिचल र जनयुद्धको थकाउटले हाम्रो पार्टिमा प्रभाव पर्नु स्वभाविक थियोे भने जब सम्म मानव समाज सबै खाले उत्पीडन बाट मुक्त हुदैन तबसम्म निरन्तर संघर्ष चलि रहन्छ ।

एउटा नेतृत्वले क्रान्तिलाई धोका दिए पनि अर्को कोहि न कोहि जन्मिने समाज बिज्ञानको नियम हो । जनताको न्याययिक आवाज बन्द गर्ने शासक विरुद्ध लड्ने एक सिपाही मारिदा हजार सिपाही जन्मिन्छ्न। राज्यले आफ्ना अधिकार खोज्ने सबै नागरिक हरुलाई दमन, धरपक्ड, मुद्दा लगाउने, गिरफ्तार र हत्या गरिरदा झन अधिकार खोज्दै हजारौं हजार विप्लव बनेका छन् ।

जनताको आकर्षणमा वृद्धि

कुनै भौतिक बस्तु र बिचार प्रति आकर्षण दुई प्रकारले हुन्छ । एउटा हेर्ने बितिकै आकर्षण हुन्छ तर क्षणभरमै घृणामा परिणति हुन्छ । किनकी बाहिरी बनावटी आवरणले भ्रमित बनाएको हुन्छ भने भित्री भाग खोक्रो हुन्छ। अर्को सुरु देखि अन्त्य सम्म आकर्षण बस्तु र बिचार हुन्छ । जुन भौतिक बस्तु र बिचारले मानव जिबनलाई सुख, समृद्ध, सम्पन्न, स्वतन्त्र र स्वाभिमानी बनाउनुको साथै प्राकृतिक बिपत्तिहरु संग समेत कुशलता पुर्बक लड्ने क्षमता पैदा गर्छ ।

किनकि यस्ता भौतिक बस्तु र बिचार धेरैको कठिन परिश्रम, दु:ख, पसिना, रगत र बलिदानिबाट निर्माण भएको हुन्छ । त्यस्तै हाम्रो नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत लिने भनेको बैज्ञानिक समाजवाद मानिसहरूको आँखालाई रङगिचङ्गि फुलबुटा भरेर आकर्षण गर्नका लागि होईन । यो त बिश्व कम्युनिस्ट आन्दोलन संगै नेपाली कम्युनिस्ट आन्दोलन असफलताको शिक्षा लिदै परिबर्तित बिश्व परिवेशसंगै नेपाली मौलिकताको आधारमा निर्मित कार्यदिशा त्यस्तै अन्य संरचना भएको पार्टी हो । राष्ट्रियता, जनजीबिका, जनतन्त्र, सामाजिक न्याय, जनसुरक्षा लगायतका बिषयहरुमा पार्टी जनता संगै भएको कारण जनताको साथ, सहयोग र माँया पाएको छ र सधैं पाउने छ।

(लेखक: नेकपा निकट रोल्पा जिल्ला बिद्यार्थी संगठनका अध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस