भ्रामक समाचार सम्प्रेषण प्रती नेकपा कास्कीको ध्यानाकर्षण !

हालसालै बजारमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई मुछेर खोप्लाङ्गे साउ र कृष्ण थापा भनिने ब्यत्तीको पोखरा न्युरोडमा रहेको जग्गा बिवाद बिषयलाई लिएर सामाजिक संजाल तथा केही अनलाइनहरुले समाचार सम्प्रेषण गरेको प्रती नेकपा कास्कीले एक बिज्ञप्ति मार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीलाई बद्नाम गराउने तवरले यस्ता अनर्गल प्रचारबाजि गरिएको भन्दै कास्की जिल्ला सेक्रेटरी बिजयद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा यस्तो हल्लाको पछि नलाग्न आग्रह समेत गरेको हो ।

बिज्ञप्तिको पुर्ण पाठ :

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी देशको स्वाधिनता, सार्बभौमिकता , जनताको पुर्ण अधिकारका निम्ति एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवाद स्थापनाका लागि निरन्तर संघर्षरत छ । हाम्रो पार्टी सम्पुर्ण जनसमुदायहरुमा यो स्पष्ट पार्न चाहन्छ कि न्युरोड स्थित रहेको खोप्लाङ्गे र कृष्ण थापा बिचको जग्गा बिवाद सम्बन्धि हाम्रो पार्टीलाई जोडेर बिभिन्न अनलाइन मिडिया तथा सामाजिक संजालमा आएका भ्रामक, कपोकल्पित समाचार प्रती हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ ।

हाम्रो पार्टीलाई बद्नाम गराउने उद्देश्यले केही अराजक तथा कथाकथित मिडियाहरुले आफ्नै शैलिमा आर्थिक बिषयलाई जोडेर जुन समाचार बनाइएको छ यो नितान्त गलत रहेको साथै यस्तो घृणित कार्यमा हाम्रो पार्टीको कुनैपनि संम्लग्नता नरहेको कुरा आम जनसमुदायहरुमा यसै बिज्ञप्ति मार्फत स्पष्ट पार्न चाहन्छौँ ।

प्रतिक्रिया दिनुहोस