पोखरा- पोखराको पृथ्वीनारायण क्याम्पसमा दुई बिधार्थी संगठन बीच त’नाव उ’त्पन्न भएको छ
सतारुद दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठनबीच क्याम्पस परिसरमै हा’नाहा’न भएको हो ।
नेविसंघका सतिश बास्तोलाको नेतृत्वको टोलीले र’ड प्र’हार गर्दा झ’डपमा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त गम्भीर घाईते भएको अनेरास्ववियु कास्कीका सह सयोजक बसन्त भट्टचनले बताए । अहिले उनीहरुको मणिपाल अस्पतालमा उपचार भइरहेको र घाइते दुवैलाई आइसियूमा राखिएको छ ।
यसअघि अनेरास्ववियुका विराट र विशालले नेविसंघका सतिश माथि पनि हम’ला गरेका थिए । संगठनमा आबद्ध भएपनि व्यक्तिगत रिसिइबी साँध्न सांगठनिक ह’मला भएको अनेरास्ववियुले बताएको छ । नेविसंघका निर्वतमान केन्द्रीय सदस्य भानु ढकालले सांगठनिक रुपमा नभई व्यक्तिगत रिसिबीको कारण कु’टाकु’ट भएको प्रष्ट पारे ।