पोखरामा यौन दुर्ब्यवारको आरोपमा प्रिन्सिपल पक्राउ !

आक्रोशित अभिभावकद्वारा बिद्यालयमा तोडफोड

पोखरा – पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीस्थित रहेको भास्कर मेमोरिएल स्कुलका प्रिन्सिपल यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ परेका छन्।

आफ्नै स्कुलमा अध्ययनरत एक छात्रामाथि यौन दुर्ब्यवार गरेको आरोप लगाईएका प्रीन्सिपल बिश्वराज बास्तोलालाई जिल्ला प्रहरी कास्कीमा उजुरी परेपछी पक्राउ गरीएको हो ।

पिडित छात्राले प्रिन्सिपल बास्तोलाले आफुलाई यौन दुर्ब्यबहार गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिईसकेको कास्की प्रहरीका प्रबक्ता डिएसपी राजकुमार केसीले जानकारी दिएका छन्।

उता आफ्नै बिद्यालयमा पढ्ने छात्रामाथि यौन दुर्ब्यबहार गरेको भन्दै आक्रोशित अभिभावकले आज दिउँसो सो बिद्यालयमा तोडफोड गरेका छन्।

प्रतिक्रिया दिनुहोस