माघ १५, पोखरा – त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरे सङ्गै स्वबियु चुनावको चर्चा यतिबेला चुलिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको वैठकमा सो प्रस्ताव राखेको थियो ।
यता बिप्लव निकट बिध्यार्थी संगठन अखिल क्रान्तिकारी भने खुलेर आफ्नो गतिबिधी गर्न पाएको छैन । राज्यले लगाएको अघोषित प्रतिबन्धका कारण खुलेर बिध्यार्थी हक हितको लागि लड्न पाएको छैन भने । यसै सन्दर्भमा अखिल क्रान्तिकारी पिएन क्याम्पस जिल्ला समिती लगायत अखिल क्रान्तिकारी कास्की जिल्ला समितीले त्रिभुवन बिश्वबिद्धालय अन्तर्गतका कास्की जिल्लामा रहेका बन क्याम्पस, WRC , JMC , गण्डकी नर्सिङ्ग कलेज, सस्कृत बिद्यालयमा स्वबियु चुनावमा सहज बाताबरण बनाउन क्याम्पस प्रमुखहरुलाई ज्ञापनपत्र बुझाएको छ ।
जनपक्षीय शिक्षाको एजेण्डा सहित आम बिध्यार्थीको बिचमा अगाडि बड्दै गर्दा बर्तमान राज्यसत्ताले बिचार अभिव्यक्तिको स्वतन्त्रतालाई समेत कुण्ठित गर्दै कुनै राजनैतिक बिचारमा सहमत भएकै कारण प्रतिबन्ध लगाईनु साथै शैक्षिक तथा बैचारिक संघर्ष गर्ने थलो स्वबियुको निर्वाचमा सहज बाताबरण नहुनु गलत रहेको भन्दै आगामी स्वबियु चुनावमा सहभागीताका लागि सहज र उचित बाताबरण सृजना गर्न माग सहित TU अन्तर्गतका क्याम्पस प्रशाशनलाई ज्ञापनपत्र बुझाईएको पिएन क्याम्पस जिल्ला समितीका अध्यक्ष प्रकाश बस्तोलाले बताउनु भयो ।