एमसिसी सम्झौता बिरोध गर्दै बिद्रोही नेकपा कास्कीको मसाल जुलुस !

नेपाल कम्युनिस्ट पार्टी कास्कीले संसारभर बदनाम तथा राष्ट्रघाती अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोसन (एमसीसी) विरुद्ध बिरोध गर्दै आज पोखरामा मसाल जुलुस प्रदर्शन गरेको छ ।

पार्टी केन्द्रीय समितिका तर्फबाट महासचिव विप्लवले जेठ १८ गते वक्तव्य जारी गर्दै एमसीसीविरुद्ध सङ्घर्ष घोषणा गरेका थिए । पार्टी महासचिव विप्लवले २०७७ जेठ १९ र २० गते देशव्यापी एमसीसी सम्झौता जलाउने, २०७७ जेठ २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाउने, २०७७ जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, २०७७ जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म गर्ने सङ्घर्षका कार्यक्रम घोषणा गरेका थिए ।

कार्यक्रमअनुसार १९ र २० गते नेकपा कास्कीले एमसीसी सम्झौता जलाउने काम सम्पन्न गरीसकेको थियो । त्यसैगरी २१ गते केपी र शेरबहादुर देउवाको पुतला पनि जलाइएको थियो भने आज जेठ २२ गते मशाल जुलुस सहित बिरोध प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस