पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं.९ भँगराबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था पर्वत भँगरा पोखरा सम्पर्क समाजले नारीहरुको महान चाड हरितालिका तिज आगमनको अवसरमा बुधबार विविध कार्यक्रम सहित दर खाने कार्यक्रम सम्पन्न गरेको छ।
दर खाने कार्यक्रमको उद्घाटनका क्रममा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङले तिज पर्वले सबैमा सद्भावको विकास गर्ने भन्दै शुभकामना ब्यक्त गर्दै,भँगराको बिकासका लागि सक्दो पहल गर्ने बताइन।
फलेवास नगरपालिकाका उपप्रमुख शोभा क्षेत्रीले शुभकामना दिदै नगरपालिका जनताको सेवा र बिकासमा समर्पित रहेको बताइन।
कार्यक्रममा समाजका सल्लहकार तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, समाजका निवर्तमान अध्यक्ष नवीन क्षेत्री, सल्लाहकार ज्ञानुवाबा माबिका संस्थापक कृष्णबहादुर गुरुङ, सल्लहकार चारभन्ज्याङ तमु समाज पोखराका पुर्व अध्यक्ष प्रदिप गुरुङ, सल्लाहकार पुर्व डिएसपी गिरिधारी शर्माले शुभकामना ब्यक्त गरेका थिए।
साथै कार्यक्रममा समाजका एसइइ उतिर्ण, +२ र उच्च शिक्षा उतिर्ण बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो। समाजका दिदिबहिनी र सदस्यहरुको बृहद सहभागीता रहेको कार्यक्रममा समाजका सदस्य ओमबहादुर पौडेल क्षेत्रीसहितको टोलिले मौलिक तिज गित प्रस्तुती, गायक मधुकर गुरुङको गायन र तिज गितमा दिदिबहिनीहरु नृत्य प्रस्तुति गरेका थिए।
समाजका निवर्तमान अध्यक्ष खडग बहादुर पौडेलको संयोजनमा भएको कार्यक्रम समाजको अध्यक्ष देव बहादुर क्षेत्रीको अध्यक्षता भएको थियो।
कार्यक्रम संचालन सचिव बाबुराम सुवेदीले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर पौडेल क्षेत्रीले चेलीबेटीहरुलाई स्वागत भनाई राखेका थिए।