अहिले इरान र इजरायलबीचको बढ्दो संघर्षका कारण विश्वभर इन्धनको मूल्य बढ्ने आशंका गरिएको छ । सोमबार बिहान एशियाली ऊर्जा बजार खुल्नेबित्तिकै तेलको मूल्यमा तीव्र वृद्धि देखिनसक्ने अनुमान गरिएको छ ।
यसबारे क्रिस्टोल इनर्जीकी प्रमुख कार्यकारी क्यारोल नख्लेले बीबीसीसँग भनेकी छन्, ‘अमेरिकाको आक्रमणले यो संघर्षलाई नयाँ चरणमा पुर्याएको छ र धेरैलाई डर छ कि यसले स्थिति झन् बिगार्न सक्छ।’
नख्लेले थपिन्, ‘यही डरको असर तेलको मूल्यमा ‘जियोपोलिटिकल प्रिमियम’का रूपमा देखिनेछ । यो कति हुनेछ भनेर कसैलाई थाहा छैन, तर सामान्यतया जति ठूलो डर, उति नै ठूलो प्रिमियम ।’
कच्चा तेलको मूल्यले गाडीमा इन्धन भर्नेदेखि सुपरमार्केटमा खाद्य वस्तुको लागतसम्म असर पार्छ ।