नेपाली कांग्रेस कास्कीको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस पार्टीको प्रशिक्षण शाखा कास्कीले शनिबार प्रशिक्षण दिएको छ । पोखराको चिप्लेढुंगा स्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली कांग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा नेताको सहभागिता थियो।

कास्की जिल्लाका, क्षेत्र, प्रदेश र पालिकाका पदाधिकारीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको कास्की कांग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । कार्यक्रममा डा यमनाथ तिमिल्सिना र प्रेमप्रसाद शर्माले प्रशिक्षण दिए।

कार्यक्रममा काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई मजबुत र शशक्त बनाउन नेता तथा कार्यकर्ताका लागि समयानुकूल प्रशिक्षण आवश्यक पर्ने उल्लेख गरे । नेपाली काँग्रेस कास्की उपसभापति एवं प्रशिक्षण शाखाका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रम शाखाका सदस्य पशुपति शर्मा भट्टराईले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस