कश्मीर पहलगामको घटनाले दक्षिण एसियामा निम्ताएको द्वन्द

दक्षिण एसियमा भारत र पाकिस्तानको सिमामा कश्मीर सधै तनाव पुर्ण संघर्ष बाट गुज्रिरहेको क्षेत्र हो।भारत र पाकिस्तानको निर्माणको समय देखि नै कश्मीर र लद्दाख क्षेत्रका जनता संघर्षमा छन।यसर्थ दक्षिण एसियमा कश्मीर क्षेत्रको इतिहास पनि ऐतिहासिक रहेको छ।

हरिसिंह राजा हिन्दू धर्मका अनुयायी भएकाले उसले ब्रह्मा, विष्णुको औलौकिक शक्तिमा विश्वास गरेका कारण सामरिक शक्तिमा कहिल्यै भर परेनन् भने बहुसंख्यक मुस्लिम जनताहरू पनि अल्लाहको अलौकिक शक्तिमा विश्वास गरिरहे। जब ब्रिटिन साम्राज्यवादले भौतिक हमला गरी सारा संसार कब्जा गरे, तब ईश्वर रमिता मात्र हेरिरहे।

लाखौंपटक मठ मन्दिर, गिर्जाघर र चर्चहरूमा व्रह्मा, विष्णु, अल्लाहा र जिजसलाई अनुनयविनय र प्रार्थना गरे। तर, पनि अहँ कहिँकतै प्रकट भएर बचाउन सकेनन्। हाम्रै नेपालमा पनि हिन्दूहरूले विष्णुको अवतार राजा बस्ने दरबारको धुरी मानिसले नाघ्दा अपवित्र हुन्छ भनेर धादिङका वैज्ञानिकले बनाएको जहाज उडाउन दिएनन् र उनलाई लखेटे।

जापानीहरू पनि ईश्वरीय शक्तिमा खुवै विश्वास गर्थे। १९४५ मा अमेरिकाको आणविक बमले हिरोसिमा शहर दिउँसै अध्यारो भयो, ढुंगामाटो, फलाम पग्लिन थाल्यो, नदीनाला उम्लिन थाले, जमिन फाट्न थाल्यो, लाखांै मानिसहरू जले, बाँचेका पनि काम नलाग्ने भए, अनि हात उठाएर आत्म समर्पण गरे। अनि बल्ल उसले भौतिकवाद र मानिसलाई बुझ्यो, विज्ञान र प्रविधिमा उधुम विकास गरेर विश्वकै सम्पन देशमा गनियो।

समय सापेक्ष चल्न सक्ने देश र समाज नै टिक्ने हो, नसक्नेहरू काश्मीर जसरी नै बिलाएर जान्छन्। अब परिस्थिति फेरिएको छ, मानिसले विज्ञानलाई पनि पछि पारिसक्यो। पृथ्वीलाई एकैपटकमा २५ औंपटक ध्वस्त बनाउन सक्ने आणविक हतियार तयारी अवस्थामा छ। प्रतिव्यक्ति १५ हजार राउण्ड गोली पुग्ने गरी हतियार उत्पादन भइरहेको छ। विकसित राष्ट्रले आणबिक बमबाट जोगिने प्रविधि, उपचार विधि, र ज्ञानहरूको रिसर्च गरिरहेका छन्।

वर्तमान अवस्था

सन् २००८ मा मुम्बई हमला भयो जसमा होटल, रेलवे स्टेसन र एक यहुदी केन्द्रमा ६० घण्टा लामो कब्जा हुँदा १६६ जनाको ज्यान गएको थियो।यसैगरि सन् २०१६ मा उरीमा १९ जना भारतीय सैनिकहरूको मृत्यु भएपछि भारतले लाइन अफ कन्ट्रोल भनिने भारत र पाकिस्तानबीचको वास्तविक सीमा पार गर्दै आतङ्कवादी अड्डाहरूलाई लक्षित गरेर “सर्जिकल स्ट्राइक” गरेको थियो।

सन् २०१९ मा पुलवामा बम विस्फोटमा ४० जना भारतीय अर्धसैनिकहरू मारिएपछि बालाकोटमा हवाई हमलाहरू भए थियो। त्यस्तो हमला सन् १९७१ यताकै पहिलो थियो जसले डगफाइट अर्थात लडाकु विमानहरूबीच झडपहरू निमतिएको थियो।सन् २०१६ यता र खासगरी सन् २०१९ को हवाई हमलापछि नाटकीय रूपमा तनाव बढिरहेको थियो।

अहिले घटेको पहलगाम घटनाले यसलाई थप द्वन्द तर्फ उन्मुख गराएको छ।पहलगाममा बन्दुकधारिको हमलामा २६ जनाको ज्यान गएको छ।जुन हमलामा नेपालका सुदिप न्यौपानेले पनि ज्यान गुमाएका छन।पहगाम घटना पछि भारत र पाकिस्तान बिच युद्धको ऐलान भएको छ।पहलगाम घटनापछि उक्त क्षेत्रमा अहिले दुबै देश बाट हवाई हमला भएको छ।पहलगाम घटनाले दक्षिण एसियमा भयानक द्वन्द र युद्धको वातावरण बनाएको छ।

प्रतिक्रिया दिनुहोस