ज्येष्ठ सांसदको बिहीबार,अरूको शपथ शुक्रबार सिंहदरबारमा हुने

काठमाडौं।प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीको सपथ शुक्रबार हुने भएको छ । उनले शुक्रबार बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।

नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट सपथ लिएपछि उनैले आगामी चैत १२ गते अन्य सांसदहरुलाई सपथ गराउनेछन् । सांसदहरुको सपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा आवश्यक संंरचना तयार पारिरहेको छ।

प्रतिक्रिया दिनुहोस