नयाँ संसद्को समानुपातिकसहित सिट बाँडफाँट यस्तो हुदैछ!

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ को अन्तिम मतपरिणाम आउने क्रमसँगै मुलुकको आगामी राजनीतिक नक्सा स्पष्ट भएको छ।

यसपटकको निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै संसदमा बलियो बहुमत प्राप्त गरेको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट गरी कुल १८२ सिट जितेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा यो संख्या लगभग दुई तिहाइकै नजिक हो।

लामो समयदेखि सत्ता राजनीतिमा हावी हुँदै आएका नेपाली कांग्रेस र नेकपा एमाले यसपटक निकै पछि परेका छन्।

नेपाली कांग्रेस प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कुल ३८ सिटसहित दोस्रो ठूलो दल बनेको छ। नेकपा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी कुल २५ सिटमा चित्त बुझाउनुपरेको छ।

नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा ९ गरी कुल १६ सिट प्राप्त गरेको छ।

निर्वाचनमा नयाँ शक्तिको रूपमा उदाएको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी कुल ७ सिट जितेर संसद्‌मा आफ्नो उपस्थिति जनाएको छ।

उता परम्परागत शक्ति राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी जम्मा ५ सिट मात्र सुरक्षित गर्न सकेको छ।

रास्वपाले सुविधाजनक बहुमत प्राप्त गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया अब सहज हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस