पर्यटन र कृषि हव निर्माण एवम ताल संरक्षण गर्ने योजना छः राजकाजी गुरुङ’करण’

नेपाली कम्युनिष्ट पार्टी कास्कीको पोखरा महानगरपालिका वडा नं.१३ को निर्वाचन सम्पर्क कार्यलयको उद्याटन प्रतिनिधिसभा क्षेत्र नं.१ का प्रत्यक्ष तर्फ उम्मेदवार राजकाजी गुरुङ’करण’गरेका छन।

कार्यलय उद्याटनमा उम्मेदवार राजकाजी गुरुङ’करण’ले विकास निर्माण अगाडी बढाउने,लेखनाथ क्षेत्रका तालहरुको संरक्षण गर्ने,कृषि र पर्यटनको हव बनाउने नीति साथ एवम क्षेत्र नं.१ लाई सांस्कृतिक केन्द्र बनाउने प्रष्ट योजनाका साथ निर्वाचनमा होमिएको बताए।

अहिले जेन्जी युवाहरुले उठाएका मागहरु पनि सुरु देखि नै नेकपाले उठाएको गुरुङले बताए।

जेन्जी नवयुवाहरुको माग सम्बोधन गर्न पनि फागुन २१ मा नेकपाका उमेदवारलाई विजयी गराउन नेकपा नेता श्रीनाथ बरालले बताए।

उक्त उद्याटन कार्यक्रममा एमाले सहितका दल छाडेर नेकपा प्रवेश गर्नेको लर्को नै लागेको छ । जेनजीको माग पूरा गर्ने जनताको भरोसाको रुपमा रहेको पार्टी नेकपा भएकोले उक्त पार्टीमा प्रबेश गरेको रण बहादुर विश्वकर्माले बताए । उक्त अभियान अन्तर्गत शनिबार काहुँखोलामा आयोजित सम्पर्क कार्यालय स्थापना कार्यक्रममा ५३ जना एमाले सहितका अन्य दलका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेको सो क्षेत्रकी चुनावी कमाण्डर तथा समानुपातिक उम्मेदवार सोमती गुरुङले जानकारी दिईन् ।

कार्यलय उद्याटनमा कार्यक्रममा समानुपातिक उम्मेदवार दिलकुमारी पन्त र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले मन्तब्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस