सभापति बनेपछि पोखरामा गगनको पहिलो सम्बोधन: कांग्रेसलाई प्रश्न गर्नुहोस्

पोखरा।नेपाली कांग्रेसका सभापति गगन थापा पोखरा आएका छन् । कांग्रेस गण्डकी प्रदेश समितिको बैठकमा भाग लिन उनी पोखरा आएका हुन् । सभापति भएपछि पहिलोपटक पोखरा बैठकमा आएको गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेले जानकारी दिए ।

बैठकलाई सम्बोधन क्रममा नेपाली कांग्रेसले संकटको बेला देश सम्हाल्दै आएको जिकिर गर्दै सभापति थापाले थपे, ‘आगो जसले पनि लगाउन सक्छ, तर निभाउन साहस र धैयर्ता चाहिन्छ। त्यो साहस हामीसँग छ। हामीलाई प्रश्न गर्नुहोस्, गाली गर्नुहोस्। हामी गाली सुन्छौँ र सच्चिन्छौँ। प्रश्नका उत्तर दिन्छौँ। हामी पुराना र नयाँलाई पनि मिलाउँछौँ। पहाड र मधेलाई पनि मिलाउँछौँ।’

बैठकको क्रममा सभापति थापाले कांग्रेस उम्मेदवारलाई जिताउनका लागि निर्देशन दिने अपेक्षा गरिएको छ । बैठकपछि सभापति थापाले गण्डकीका विभिन्न जिल्लाका सभापति तथा प्रतिनिधिहरुसँग छुट्टाछुट्र्टै छलफल गर्ने कार्यक्रम पनि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस