कास्की।कर्णाली सम्पर्क विकास समाजले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश अन्तर्गत कास्कीको मादी गाउँपालिका वडा नं. १ मा रहेको पर्यटकीय गाउँ सिक्लेसमा पहिलो बैठक सम्पन्न गरेको छ।
बैठकमा सिक्लेस गाउँको पर्यटन विकास मोडेललाई कर्णाली प्रदेशको पर्यटन विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
साथै कर्णाली क्षेत्रको पर्यटनलाई कसरी प्रवर्द्धन र विस्तार गर्न सकिन्छ भन्ने उद्देश्यले सिक्लेस गाउँमै आएर बैठक आयोजना गरिएको अध्यक्ष जस बहादुर बुढा महेशले जानकारी गराएका थिए।
संस्थापक अध्यक्ष शम्भुनाथ योगीले,कर्णाली र गण्डकी प्रदेशबीच पर्यटनमार्फत आपसी सहकार्य विस्तार गर्न सकिने धारणा राखेका थिए।
समितिका अध्यक्ष जस बहादुर बुढा‘महेस’को अध्यक्षतामा बसेको बैठकको सञ्चालन समितिका सचिव सुरेन्द्र खत्रीले गरेका थिए।