राजकाजी गुरुङ’करण’,जनयुद्धकालमा शालिन,सरल र इमान्दार युवा नेताको रुपमा परिचित थिए।पार्टी शान्ति प्रक्रियामा आएपछि पनि गुरुङले सधै इमानको राजनीति गरे।सहयोद्धाहरु थुप्रै लाभका पदमा पुग्दै गर्दा समेत गुरुङ पार्टीप्रति निष्ठावान रहे।
त्यहि संघर्षलाई सम्झीदै गुरुङ भन्दछन,’ज्यान हत्केलामा र खुकुरीको धारमा राखेर जनताको सेवक पार्टी निर्माण गरिएको हो।’
जनपक्षिय नेता गुरुङ प्रथम संविधान सभाका सदस्य हुन।
गुरुङ,हाल नेकपा केन्द्रीय सदस्य हुन।बैचारिक एवम सांगठानिक नेता गुरुङ कास्कीका सामिजक काममा दिनरात नभनि खट्ने गर्दछन।समाजसेवामा रुची राख्ने र आम मानिसहरुको सुखदुखमा सधै साथमा रहने उनको विशेषता हो।यसर्थ,गुरुङ मादी रुपा र पोखराका नागरिकको दिलदिलमा छन,जनप्रिय छन।
कास्की,अन्य पार्टीका नेता जस्तै ठुला गफ गर्ने काम नगर्ने भन्दापनि सिद्दान्तको कसी व्यवहार र काम बाट जवाफ दिने नेतामा गुरुङ पर्दछन।
आगामी फागुन २१ मा हुने निर्वाचनको सम्बन्धमा कास्की सामाजिक संघ सस्थाहरुले नेकपाले प्रतिनिधि सभा क्षेत्र नं.१ बाट यसपटक राजकाजी गुरुङ ‘करण’लाई उमेदवार बनाएकोमा खुशी व्यक्त गरेका छन।
लेखनाथ उद्योग बाणिज्य संघ,पोखराका एक पदाधिकारीले नेकपा भुईमा काम गर्न रुचाउने नेता गुरुङलाई उमेदवार बनाएकोमा उद्योगीहरु उत्साही रहेको बताए।
पोखरा महानगरनगरपालिकाका लेखनाथ क्षेत्रका पर्यटन व्यवसायीहरुले युवानेता गुरुङ भिजन भएका नेताको रुपमा परिभाषित गरे।
मादी गांउपालिका सांस्कृतिक सर्जकहरु पनि नेता गुरुङको खुलेर प्रशंसा गर्दै भने,संस्कृतिप्रेमी नेता हुन गुरुङ हामी विजय गराउन अहेरात्र खटेर सहयोग गर्ने बताए। गुरुङहरुको थलो क्लेंहासोथरको संरक्षण गर्ने उमेदवार गुरुङ नै रहेको सुनाए।

मध्यपहाडी लोकमार्गलाई थप सुचारु र व्यवस्थित गर्ने पनि अपेक्षा गरेको बताए।
रुपा गांउपालिका का अधिकांश युवाहरुको राजकाजी गुरुङ’करण’लाई ढुकढुकीको रुपमा व्याख्या गरे।
खानेपानी संस्थाका लेखनाथका अधिकांश पदाधिकारीहरुले बताए, गुरुङलाई यसपटक कास्की जिल्ला प्रतिनिधिसभा क्षेत्र नं.१ ले न्याय गर्ने छ।
कास्की नागरिक समाजका अगुवाहरुले,जेनजी आन्दोलनको माग युवा नेता राजकाजी गुरुङ’करण’को उमेदवारी सावित भएको बताए।नागरिक समाजका युवाहरुले नेकपाले गुरुङ जस्ता भरोसायोग्य नेतालाई उमेदवार बनाएकोमा सहयोग गर्ने पनि बताए।
तमुधीं नेपालमा आवद्ध तमुहरुले पनि राजकाजी गुरुङ’करण’को उमेदवारीले अत्यन्तै सकारात्मक रहेको बताए।
गण्डकी प्रदेशको राजधानी कम्युनिष्टहरुको उर्वर ठांउ बाट युवा नेता राजकाजी गुरुङ’करण’लाई चुनावमा विजय गराउने हाम्रो चाहना रहेको मादी गांउपालिका अधिकांश वडाका आमा समुहहरुले बताएका छन।
बैदेशिक रोजगारीको शिलशिलमा विदेशमा बसेका युवाहरुले पनि गुरुङको उमेदवारीलाई अत्यन्त उत्साहको रुपमा लिइएको बताए।
गुरुङका अधिकांश योजनाहरु सिपमुलक शिक्षा,बाटो निर्माण,स्वस्थ्य खानेपानीको उपलब्धता,मादी गांउपालिकामा प्रशासनिक केन्द्रको व्यवस्थित निर्माण,रुपा गांउपालिकालाई कृषि पर्यटनको हव बनाउने,लेखनाथ क्षेत्रलाई पर्यटन हव बनाउने,तालहरुको संरक्षण गर्ने,साईकल ल्यान्ड बनाउने,सांस्कृत केन्द्र बनाउने,हाईड्रोको सेयर वितरणमा नागरिकको पहुंच बनाउने र खेलकुदको हव बनाउने,वनहरुको संरक्षण र उपयोग र वातावरण मैत्री कार्य गर्ने लगायत छन।