ज्ञामनाथ गैरे’अनिल’,जनयुद्धकालमा शालिन,सरल र इमान्दार युवा नेताको रुपमा परिचित थिए।पार्टी शान्ति प्रक्रियामा आएपछि पनि गैरैले सधै इमानको राजनीति गरे।सहयोद्धाहरु थुप्रै लाभका पदमा पुग्दै गर्दा समेत गैरे पार्टीप्रति निष्ठावान रहे।
त्यहि संघर्षलाई सम्झीदै गैरे भन्दछन,’ज्यान हत्केलामा र खुकुरीको धारमा राखेर जनताको सेवक पार्टी निर्माण गरिएको हो।’
गैरे पुर्व विद्यार्थि नेता पनि हुन।
ज्ञामनाथ गैरे,हाल गण्डकी प्रदेशका पार्टी उपाध्यक्ष हुन।बैचारिक एवम सांगठानिक नेता गैरे बागलुङ सामिजक काममा दिनरात नभनि खट्ने गर्दछन।समाजसेवामा रुची राख्ने र आम मानिसहरुको सुखदुखमा सधै साथमा रहने उनको विशेषता हो।यसर्थ,गैरे बागलुङ नागरिकको दिलदिलमा छन,जनप्रिय छन।

बागलुङका,अन्य पार्टीका नेता जस्तै ठुला गफ गर्ने काम नगर्ने भन्दापनि सिद्दान्तको कसी व्यवहार र काम बाट जवाफ दिने नेतामा गैरे पर्दछन।
आगामी फागुन २१ मा हुने निर्वाचनको सम्बन्धमा बागलुङ सामाजिक संघ सस्थाहरुले नेकपाले प्रतिनिधि सभा क्षेत्र नं.२ बाट यसपटक ज्ञामनाथ गैरे’अनिल’लाई उमेदवार बनाएकोमा खुशी व्यक्त गरेका छन।
उद्योग बाणिज्य संघ,बागलुङ एक पदाधिकारीले नेकपा भुईमा काम गर्न रुचाउने नेता गैरेलाई उमेदवार बनाएकोमा उद्योगीहरु उत्साही रहेको बताए।
ढोरपाटन नगरपालिकाका पर्यटन व्यवसायीहरुले युवानेता गैरे भिजन भएका नेताको रुपमा परिभाषित गरे।
बागलुङका गलकोट,बुर्तिवाङ लोकगीतका सर्जकहरु पनि नेता गैरेको खुलेर प्रशंसा गर्दै भने,संस्कृतिप्रेमी नेता हुन गैरे हामी विजय गराउन अहेरात्र खटेर सहयोग गर्ने बताए।
ताराखोला गांउपालिका का अधिकांश युवाहरुको ज्ञामनाथ गैरे’अनिल’लाई ढुकढुकीको रुपमा व्याख्या गरे।मध्यपहाडी लोकमार्गलाई थप सुचारु र व्यवस्थित गर्ने पनि अपेक्षा गरेको बताए।
खानेपानी संस्थाका गलकोटका अधिकांश पदाधिकारीहरुले बताए, गैरेलाई यसपटक बागलुङ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं.२ ले न्याय गर्ने छ।

बागलुङ नागरिक समाजका अगुवाहरुले,जेनजी आन्दोलनको माग युवा नेता ज्ञामनाथ गैरेको उमेदवारी सावित भएको बताए।नागरिक समाजका युवाहरुले नेकपाले गैरे जस्ता भरोसायोग्य नेतालाई उमेदवार बनाएकोमा सहयोग गर्ने पनि बताए।
गण्डकी प्रदेशको कम्युनिष्टबटहरु उर्वर ठांउ बाट युवा नेता ज्ञामनाथ गैरे’अनिल’लाई चुनावमा विजय गराउने हाम्रो चाहना रहेको गलकोट नगरपालिका अधिकांश वडाका आमा समुहहरुले बताएका छन।
बैदेशिक रोजगारीको शिलशिलमा जापन बसेका युवाहरुले पनि गैकेको उमेदवारीलाई अत्यन्त उत्साहको रुपमा लिइएको बताए।
गैरेका अधिकांश योजनाहरु सिपमुलक शिक्षा,बाटो निर्माण,स्वस्थ्य खानेपानीको उपलब्धता,गलकोट नगरपालिकामा प्रशासनिक केन्द्रको निर्माण,ताराखोला गांउपालिकालाई कृषिको हव बनाउने,ढोरपाटन नगरपालिकालाई पर्यटन हव बनाउने,क्षेत्र नै सुन्तलाको हव बनाउने र खेलकुदको हव बनाउने लगायत छन।