४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले लमजुङ जिल्लाको एक मात्र प्रतिनिधिसभामा हरिजङ् तामाङ्गलाई उम्मेदवार बनाउने भएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले आइतबार उनलाई उम्मेदवारको टिकटको निश्चित गरेका छन।
विकासप्रेमी,अध्ययनशिल युवा नेता तामाङ् लमजुङ्ग जिल्ला अस्पतालका निवर्तमान अध्यक्ष पनि हुन।तामाङ एम.फिल-पएचडी स्कलर हुन।तामाङले कानुन विषयमा स्नातक पनि गरेका छन।नेपाल तामाङ घेदुङ गण्डकीका तामाङ निवर्तमान अध्यक्ष पनि हुन।उनलाई लमजुङमा जेनजी प्रतिनिधिहरुको उम्मेदवारको रुपमा हेरिएको छ।
तामाङ नेकपा भित्र जनपक्षिय,बैचारिक एवम विकासप्रेमी नेताको रुपमा परिचित छन।तामाङ्, पार्टी भित्र निष्ठावान तवरले अविचलित रुपमा आम नागरिकका पक्षमा अहोरात्र खटीरहने नेताको पहिचान बनाएका छन।