३ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कास्की प्रतिनिधिसभा क्षेत्र नं.१ मा राजकाजी गुरुङ’करण’लाई उम्मेदवार बनाउने भएको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार उनलाई उम्मेदवारको टिकटको निश्चित गरेका छन।
विकासप्रेमी युवा नेता गुरुङ प्रथम संविधान सभाका प्रत्यक्ष निर्वाचित सदस्य पनि हुन।
गुरुङ नेकपा भित्र जनपक्षिय,बैचारिक एवम विकासप्रेमी नेताको रुपमा परिचित छन।गुरुङ, जनयुद्धकाल र शान्ति प्रक्रियामा पार्टी भित्र र निष्ठावान तवरले अविचलित रुपमा आम नागरिकका पक्षमा अहोरात्र खटीरहेका छन।
गुरुङको प्रस्तावमा गत आर्थिक वर्ष २०८१/०८२ मा कास्कीको प्रतिनिधिसभा क्षेत्र नं.१ मा विकास निर्माणका थुप्रै योजनाहरु अर्थ मन्त्रालय बाट परेका छन।