अखिल (क्रान्तिकारी) कास्की जिल्ला समिति तथा पृथवीनारायण क्याम्पस पोखरा समितिको संयुक्त आयोजनामा ‘Revolutionary Cup’ अन्तर क्याम्पस छात्र क्रिकेट प्रतियोगिता आयोजना यही पौष २५ देखि माघ २ गते सम्म पृथ्वीनारायण क्याम्पस पोखरा स्थित अन्नपूर्ण खेल मैदानमा सञ्चालन हुदै छ।

प्रतियोगितामा पृथ्वीनारायण क्याम्पस,पोखरा विश्विद्यालय, पश्चिमाञ्चान ईन्जिनियरिङ क्याम्पस,बिन्दबासिनी संस्कृत विद्यापीठ, मणिपाल कलेज लगायतका पोखरा उपत्यकामा अवस्थित स्नातक तहका क्याम्पसहरुको सहभागिता रहने छ।
प्रतियोगिताको विजयी टोलीले नगद रु ४०००० ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता टोलीले नगद रु २०००० ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् साथै प्रतियोगितामा अन्य थुप्रै आकर्षक विधागत पुरस्कार समेत रहेका छन् ।