अपांगता भएका व्यक्तिलाई पनि समानुपातिक बन्दसूचीमा समावेश गर्न सर्वोच्चको आदेश

काठमाण्डौ।सर्वोच्च अदालतले अपांगता भएका व्यक्तिहरूलाई पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा समावेश गर्न आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले शुक्रबार दलहरूले निर्वाचन आयोगमा पेश गरिसकेको बन्दसूची सच्याएर भए पनि अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व गराउन निर्वाचन आयोगलाई आदेश दिएको हो।

अदालतबाट जारी आदेश परिपालना हुने सुनिश्चित गर्नु भनी विपक्षी निर्वाचन आयोगको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(१) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ।’

समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व नभएको भन्दै अधिवक्ता माधव प्रसाद चम्लागाईंले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस