दाङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं.२ मा विकासप्रेमी नेता निर्मल आचार्य नै किन!

निर्मल आचार्य,जनयुद्धकालमा शालिन,सरल र इमान्दार युवा नेताको रुपमा परिचित थिए।पार्टी शान्ति प्रक्रियामा आएपछि पनि आचार्यले सधै इमानको राजनीति गरे।सहयोद्धाहरु थुप्रै लाभका पदमा पुग्दै गर्दा समेत आचार्य पार्टीप्रति निष्ठावान रहे।पार्टी जीवनमा आन्तरिक संघर्षको विषम परिस्थीतिमा अध्यक्ष प्रचण्डलाई साथ दिई नै रहे।त्यहि संघर्षलाई सम्झीदै आचार्यले भन्दछन,’ज्यान हत्केलामा र खुकुरीको धारमा राखेर जनताको सेवक पार्टी निर्माण गरिएको हो।’

निर्मल आचार्य,हाल नेपाली कम्युनिष्ट पार्टी दाङ जिल्लाको ईन्चार्ज हुन।बैचारिक एवम सांगठानिक नेता आचार्य दाङका सामिजक काममा दिनरात नभनि खट्ने गर्दछन।समाजसेवामा रुची राख्ने र आम मानिसहरुको सुखदुखमा सधै साथमा रहने उनको विशेषता हो।यसर्थ,आचार्य दाङका आम नागरिकको दिलदिलमा छन,जनप्रिय छन।

आचार्य,अन्य पार्टीका नेता जस्तै ठुला गफ गर्ने काम नगर्ने भन्दापनि सिद्दान्तको कसी व्यवहार र काम बाट जवाफ दिने नेतामा पर्दछन।

आगामी फागुन २१ मा हुने निर्वाचनको सम्बन्धमा दाङका सामाजिक संघ सस्थाहरुले नेकपाले प्रतिनिधि सभा क्षेत्र नं.२ बाट यसपटक निर्मल आचार्यले उमेदवार बनाउन लागेकोमा खुशी व्यक्त गरेका छन।

उद्योग बाणिज्य संघ,दाङका एक पदाधिकारीले नेकपा भुईमा काम गर्न रुचाएका व्यक्तिलाई उमेदवार बनाउन लागेकोमा उद्योगीहरु उत्साही रहेको बताए।

खानेपानी संस्थानका अधिकांश पदाधिकारीहरुले बताए, आचार्यलाई यसपटक दाङ जिल्ला न्याय गर्ने छ,आचार्यलाई नेकपा प्रतिनिधि सभा क्षेत्र नं.२ मा टिकट दिनेमा विश्वस्त रहेका छौ।

दाङका नागरिक समाजका अगुवाहरुले,जेनजी आन्दोलनको माग युवा नेता निर्मल आचार्यको उमेदवारी सावित हुने बताए।नागरिक समाजका युवाहरुले नेकपाले आचार्यलाई उमेदवार बनाए सहयोग गरेने पनि बताए।

लुम्वनी प्रदेशको राजधानी बाट युवा नेता निर्मल आचार्यलाई चुनावमा विजय गराउने हाम्रो चाहना रहेको घोरही नगरपालिका आमा समुहरुको चाहना रहेको अधिकांश वडाका आमा समुहहरुले बताएका छन।

आचार्यलाई नेकपा नेत्री रेखा शर्मा लगायत नेताहरुको साथ र सहयोग रहेको छ।

आचार्यले प्रतिनिधि सभा क्षेत्र नं.२ र समग्र दाङको विकासको निम्त योजनाहरु अगाडी सारेका छनः-

१. लुम्बिनी प्रदेश पूर्वाधार विकासका लागि गुरुयोजना बनाउने।
२. नौमुरे जलविद्युत आयोजना निर्माणमा सहयोग र पहल गर्ने।
३. मुलाबरी जरेझिङा–कोइराले–प्युठान रोड,योजना बनाउने।
४. माडी डाइभर्शन कृषि आधारित बहुउद्देश्यीय परियोजना पहल गर्ने ।
५. दाङ उपत्यका विकास प्राधिकरण वा दाङ उपत्यका चक्रपथ योजना बनाउने।
६. कटुवाखोला र ग्वारखोला कृषि आधारित बहुउद्देश्यीय परियोजनाको पहल गर्ने।
७. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि गुरुयोजनाअनुसार बनाउने,साथै ४०० सैयाको सरकारी अस्पताल बनाउने।
८. बबई नदी कोरिडोर नदी नियन्त्रण परियोजना अगाडी बढाउने।
९. नयाँ एयरपोर्ट निर्माणको लागि जग्गा अधिग्रहणका लागि आवश्यक नीतिगत निर्णय र व्यवहारिक रुपमा खट्ने।
१०. टरिगाउँ एयरपोर्टको स्तरोन्नतिका लागि आवश्यक पहल गर्ने।
११. राप्ती गाउँपालिकामा लुम्बिनी प्रदेशस्तरीय आइटी पार्क (हव) निर्माण ।
१२. हापुरे–कुसुम सडक अझ थप व्यवस्थित गर्ने।
१३. भौरिसाल–सिसहनिया–बंगलाचुली–प्युठान सडक निर्मीणमा पहल गर्ने।
१४. कोइलाबासमा सुख्खा बन्दरगाह निर्माणमा पहल गर्ने।
१५. मसोटखोला सुरुङमार्ग निर्माण गर्ने।
१६.नेपाल संस्कृत विश्वविद्यालयलाई मर्यादित,शैक्षिक र प्रशासनिक एवम आयुर्वेदालय विषयलाई थप विस्तार गर्ने।

प्रतिक्रिया दिनुहोस