कोमेचे बराह युवा क्लवको आयोजनामा,’१०औं सार्क्यु तिहार मेला-२०८२’ हुने

पोखरा।स्वास्थ्य अनि सामाजिक अन्तरघुलनका लागि खेलकुद भन्ने उद्देश्यका साथ तिहार तथा शुभ दिपावलीको अवशरमा कास्कीको अन्नपुर्ण गांउपालिका वडा न.८ मा कोमेचे बराह युवा क्लवले,’१०औं सार्क्यु तिहार मेला-२०८२’ गर्ने भएको छ।

मेला बारे कोमेचे बराह युवा क्लव अध्यक्ष शरण सिंह विश्वकर्माले भने मेला विगत देखि नै गर्दै आएको हौ,सार्क्युको क्षेत्रको श्रीबृद्धी र स्थानीय क्षेत्रमा चल्दै आएको खेल,कला र संस्कार संस्कृतिको संरक्षणको लागि मेला पनि गर्न लागिएको बताए।

सार्क्यु तिहार मेला-२०८२ मा भलिवल प्रतियोगिता प्रमुख आकर्षण रहेको छ।गांउ स्तरीय पुरुष भलिवल खेलको प्रथम पुरस्कार रु.७००१०,दोस्रो पुरस्कार रु.३५०१० र तेस्रो पुरस्कार रु.१७५१० का साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण हुनेछ।विद्यागत तर्फका उत्कृष्ट खेलाडीहरु र स्पाइकर खेलाडीहरुलाई सम्मान गरिनेछ।टिम दर्ता शुल्क रु.७००० राखिएको आयोजक जानकारी गराएको छ।

साथै एकल नृत्य प्रथम हुनेलाई रु.१०००० र दोस्रो हुनेलाई रु.५००० साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण हुनेछ।नृत्य दर्ता शुल्क रु.७००० राखिएको आयोजक जानकारी गराएको छ।

गांउ स्तरीय महिला भलिवल खेलको प्रथम पुरस्कार रु.१५०००,दोस्रो पुरस्कार रु.१०००० का साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण हुनेछ।महिला भलिवल दर्ता शुल्क रु.३५०० राखिएको आयोजक जानकारी गराएको छ।

मेलामा घैटो फुटाउने,छेलो(ठेला)हान्ने,रस्साकस्सी र म्युजिकल चियर खेल आकर्षक पुरस्कार सहित हुनेछ।सम्पुर्ण खेलहरु कोमचे बराह युवा क्लवको खेल मैदानमा हुनेछ।उक्त खेल मैदान कोमेचे युवा क्लवका सस्थापक अध्यक्ष शरण सिंह विश्वकर्माले निर्माण गरेका हुन भने प्रथम बाट दशौ सस्करण सम्मका मेलाको नेतृत्व पनि उनैले गरेका छन।अध्यक्ष शरण सिंह विश्वकर्माको पहलमा गांउमा मोटर बाटो निर्माण,गोरेटो बाटो निर्माण,खानेपानीको बन्दोवस्त लगायतका विभिन्न सामाजिक कामहरु भएका छन।

मेला सम्पन्न गर्नको लागि देश तथा विदेश बाट आर्थिक सहयोग भैईरहेको मेलाका संयोजक हरिचन्द्र सुनारले बताए।

मेलाका संयोजक हरिचन्द्र सुनार,आर्थिक संयोजक दिपेन्द्र सुनार,खेलकुद संयोजक दुर्गा बहादुर रामदम रहेका छन।

कोमेचे बराह युवा क्लवको आयोजनामा हुने,’१०औं सार्क्यु तिहार मेला-२०८२’को मिडिया पाटनर पोखरापाटी अनलाईन रहेको छ।

प्रतिक्रिया दिनुहोस