काठमाडौं । निर्वाचन आयोगले मनाङ २(१)को उपनिर्वाचन स्थगित गरेको छ । जेनजी आन्दोलनका कारण पूर्वनिर्धारित निर्वाचन कार्यतालिका बमोजिमका कार्यक्रम कार्यान्वयनमा समेत असर परेकोले हाललाई स्थगन गरिएको आयोगले जनाएको छ॥
“…२०८२ भदौ २३ गतेदेखि भएको आन्दोलनका कारण स्थानीय प्रशासनबाट कर्फ्यु आदेश जारी भई पूर्वनिर्धारित निर्वाचन कार्यतालिका बमोजिमका कार्यक्रम कार्यान्वयनमा समेत असर परेकोले अर्को निर्वाचन कार्यक्रम पछि प्रकाशन गर्ने गरी पूर्वप्रकाशित निर्वाचन कार्यक्रम बमोजिमका सम्पूर्ण कार्यहरू आयोगको मिति २०८२/०६/१९ को निर्णयानुसार हाललाई स्थगन गरिएको छ,” आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ।