पोखरा।पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ दशै तिहार लक्षित बम्पर उपहार सार्वजनिक गरेको छ।
विभिन्न आकर्षक उपहार राखेर संघमा आवद्ध पसलहरुमा मोवाईल खरिद गर्दा कुपनको व्यवस्था गरिएको थियो।उपहारमा दुई ओटा च्याङ्ग्रा,टिभि ३२ इन्च,स्मार्ट फोन चार ओटा,किप्याड फोन,इवड्स,बुलुटुथ स्पीकर,पावर बैंक,राईस कुकर,इलेक्ट्रीक जग र भित्ते घडीहरु लक्की ड्र मार्फत ग्राहकको कुपन नम्वर अनुसार वितरण गरिएको छ।

प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना २०८२ को मंगलबार सार्वजनिक गरिएको पहिलो चरणको नतिजा अनुसार कमल अधिकारी र अमिन दाहालले च्याङ्ग्रा जितेका हुन।अरुण राईले ३२ इन्चको स्मार्ट टिभी पुरस्कार पाएका छन।

उपहार कुपन सार्वजनिक कार्यक्रममा पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका अध्यक्ष चिन्तामणी खरेलले भने,ग्राहकहरु सन्तुष्टि नै हाम्रो सन्तुष्टि रहेको बताए।हाम्रो सेवा सधै ग्राहकको सेवा लक्षित नै रहनेपनि खरेलले बताए।
मंगलबारै खोलिएको उपहारबाट चार जनाले स्मार्ट फोन, २५ जनालाई किप्याड फोन, २५ जना इयरबड, छ जनालाई स्मार्ट वाच, चार जनालाई ब्लुटुथ स्पिकर, ६ जनालाई पावर बैंक, दुई जनालाई राइस कुकर, दुई जनालाई इलेक्ट्रिक जग र २५ जना भित्तेघडीका विजेता यकिन भएका छन।
संघ अध्यक्ष चिन्तामणि खरेलले उपहार लिन सात दिनभित्र कुपनको अर्धकट्टी र परिचयपत्रसहित सङ्घको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।खरेल उत्साहजनक रुपमा उपहार योजनामा भाग लिएकोमा संघका सदस्यहरु र ग्राहकलाई समेत धन्यवाद ज्ञापन गरेका छन।

संघको आयोजनमा दशै लगायत चाडपर्व विशेष शुभकामना आदान प्रदान पनि गरिएको थियो।यस अवसरमा विभिन्न व्यक्तिहरुलाई संघले सम्मान पनि गरेको थियो।

संघले व्यवसायी र ग्राहकको हितलाई ध्यानमा राखी साउन १५ गतेदेखि आउँदो पुस १५ गतेसम्म ५ महिनाका लागि चाडपर्व लक्षित उपहार योजना ल्याइएको हो ।
कुपन सार्वजनिक कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायण सुबेदी एवम होम विलास सापकेटा,जनकराज सुबेदी,विदुर बाबु,उदय बहादुर केसी,मनोहर श्रेष्ठ,देव कुमार श्रेष्ठ,संघका सल्लाहकार पुष्प राज त्रिपाठी,दिलिप श्रेष्ठ,धन बहादुर झ्यान्डी,पुष्प पौडेल,रोशनराज तिवारी,सुशिल बराल लगायत संघका आजिवन सदस्यहरुको पनि उपस्थीति रहेको थियो।
लक्की ड्र मार्फत उपहार प्राप्त कुपन नम्वरहरु यसप्रकार रहेका छनः-
