प्रधानसेनापती र पुर्वप्रधानसेनापतीहरुको जंगीअड्डामा भेटघाट

काठमाडौ‌ । नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखको भौतिक उपस्थिति र पृतनापतिको ‘भर्चुअल’ सहभागितामा पृतनापति समन्वयात्मक बैठक २०८२ सम्पन्न भएको छ।

बिहीबार भएको उक्त बैठकमा विभागीय प्रमुखलगायत पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाको वार्षिक कार्यतालिकाअनुसार वर्षको दुईपटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ।

यही असोजको पहिलो हप्ता ज‌गीअड्डामा समसामयिक परिस्थितिबारे पूर्वप्रधानसेनापतिसँग छलफल तथा अन्तर्क्रिया सञ्चालन भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस