काठमाडौं । पहिरोका कारण हाल चारवटा सडकखण्ड अवरुद्ध भएका छन् । पहिरोले विभिन्न चारवटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा मंगलबार सडकमाथिबाट पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खसेका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा असार २४ गतेको बाढीले पुल बगाउँदा नेपाल र चीन नाका पूर्णरूपमा अवरुद्ध भएको छ ।
कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा पनि पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।