अर्थमन्त्री रामेश्वर खनालले चुच्चे नक्सासाथमा राखेर नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटघाट गरेका छन्।
नेपालको संविधानमा नै उल्लेख भएको र अन्तर्राष्ट्रियस्तरबाट समेत स्वीकार्य भइसकेको नेपालको उक्त नक्सालाई भारतले भने अहिलेसम्म मानेको छैन । नेपालले आफ्नो क्षेत्र भएको दाबी गर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्साबारे भारतले आपत्ति जनाउँदै आएको छ ।
पछिल्लो समय चीनसँग भारतले नेपाली भूमि प्रयोग गर्ने व्यापारिक सम्झौता समेत गरेको थियो।
मंगलबार नै चुच्चे नक्सालाई स्वीकार नगरको अर्को छिमेकी मुलुक चीनका राजदूत छेन् सोङ पनि सोही नक्साअघि अर्थमन्त्री खनालले कुराकानी गरेका थिए।