सर्वोच्चले सामाजिक सञ्जाल बन्द गर भनेको थिएनः प्रधानन्यायाधीश राउत

काठमाण्डौ। सर्वोच्च अदालतले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्न निर्देशन नदिएको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताएका छन्। पत्रकार टीकाराम यात्रीसँग अन्तर्वार्ता दिँदै प्रधानन्यायाधीश राउतले सरकारलाई ‘कानुन बनाएर सामाजिक सञ्जाल नियमन गर’ मात्रै भनेको बताएका छन्।

सरकारले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय गर्दा भने सर्वोच्च अदालतको आदेशलाई नै हवाला दिएको थियो। यही प्रश्नमा प्रधानन्यायाधीश राउतले अगाडि भनेका छन्, ‘सामाजिक सञ्जाल बन्द गर भनेकै छैन, त्यो त धेरै अपव्याख्या भइहाल्यो। अपव्याख्या मात्रै होइन, एक्जाजेरेट(बढाइचढाइ) भइहाल्यो नि। अतिरञ्जना भइहाल्यो त्यो त। हामीले सामाजिक सञ्जाल बन्द गर कहाँ भनेको हो र? हुँदै होइन नि।’

प्रतिक्रिया दिनुहोस